१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

सशस्त्र प्रहरीका पुर्व आईजीपी पुष्पराम केसी एमाले निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा आबद्ध,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

 

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक पुष्पराम केसी नेकपा एमालेको राजनीतिमा लागेका छन् । उनी एमाले निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा आबद्ध भएका हुन् ।
संगठनको शनिबार सम्पन्न छैंटौं अधिवेशनले उनलाई भेटरान कमिटी आयोगको अध्यक्षमा चयन गरेको हो । केसी करिब दुई साताका लागि मात्र सशस्त्र प्रहरीको आईजीपी भएका थिए ।एआईजी हुँदा सधैंभरी उनको आईजीपी शैलेन्द्र खनालसँग टक्कर थियो । आईजीपी भएको दुई सातामा तडकभडक देखाएका उनले ३० वर्षे सेवाहद हटाएर जागिर लम्बाउने प्रयास गरे पनि सफल भएनन् ।अवकाशको तीन वर्षपछि उनी पार्टीको आड लागेका हुन् । नुवाकोट घर भएका केसी प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका विश्वासपात्र मानिन्छन् ।कतिपय भने अकुत सम्पत्ति जोगाउनका लागि पनि उनी राजनीतिमा लागेको हुनसक्ने बताउँछन् । यसअघि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल पनि एमालेको राजनीतिमा लागेका थिए ।तर, पछिल्लो समय उनी एमालेबाट टाढिएर स्वतन्त्र अभियानमा लागेका हुन् । पूर्वडीआईजी नवराज सिलवाल भने एमालेकै राजनीतिमा सक्रिय छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!