०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

सशस्त्र प्रहरीका पुर्व आईजीपी पुष्पराम केसी एमाले निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा आबद्ध,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

 

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक पुष्पराम केसी नेकपा एमालेको राजनीतिमा लागेका छन् । उनी एमाले निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा आबद्ध भएका हुन् ।
संगठनको शनिबार सम्पन्न छैंटौं अधिवेशनले उनलाई भेटरान कमिटी आयोगको अध्यक्षमा चयन गरेको हो । केसी करिब दुई साताका लागि मात्र सशस्त्र प्रहरीको आईजीपी भएका थिए ।एआईजी हुँदा सधैंभरी उनको आईजीपी शैलेन्द्र खनालसँग टक्कर थियो । आईजीपी भएको दुई सातामा तडकभडक देखाएका उनले ३० वर्षे सेवाहद हटाएर जागिर लम्बाउने प्रयास गरे पनि सफल भएनन् ।अवकाशको तीन वर्षपछि उनी पार्टीको आड लागेका हुन् । नुवाकोट घर भएका केसी प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका विश्वासपात्र मानिन्छन् ।कतिपय भने अकुत सम्पत्ति जोगाउनका लागि पनि उनी राजनीतिमा लागेको हुनसक्ने बताउँछन् । यसअघि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल पनि एमालेको राजनीतिमा लागेका थिए ।तर, पछिल्लो समय उनी एमालेबाट टाढिएर स्वतन्त्र अभियानमा लागेका हुन् । पूर्वडीआईजी नवराज सिलवाल भने एमालेकै राजनीतिमा सक्रिय छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

मेष -आफ्नो कुरामा अडिग रहनु पर्ने दिन हो। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ। तर खर्चमा ध्यान दिनुहोस्। वृष -काममा चुनौती आए पनि धैर्य गर्नुहोला, साँझतिर सकारात्मक परिणाम मिल्नेछ। घरपरिवारमा रमाइलो हुनेछ। खानपानमा सावधानी आवश्यक। मिथुन -विद्यार्थी वा प्रतियोगितामा सहभागी भएकालाई राम्रो समय। दाजुभाइ वा साथीसँग मिलेर काम गर्न सकिनेछ। बोल्दा सन्तुलन […]

error: Content is protected !!