१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

कर्णाली चिसापानीमा नयाँ बर्षको शुभकामना आदानप्रदान पत्रकार अधिकारको लागि सबै एकजुट बनौँ

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

 

कैलाली । मोहन्याल ७, पितमारीमा नयाँ वर्ष २०८२ को अवसरमा पत्रकार मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

लम्कीचुहा प्रेस क्लबको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बाँके, बर्दिया र कैलालीका करिब ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन दीपक रावलले गर्नुभएको थियो भने सभाध्यक्षको भूमिका पनि उहाँले नै निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य लिलाजंग शाही प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ट अतिथिमा केदार टुर एण्ड ट्राभल्सका प्रतिनिधि अर्जुन रावल, महासंघका प्रदेश सचिव इन्दु केसी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जमुना न्यौरे, प्रेस चौतारी नेपालका प्रदेश महासचिव भानुभक्त आचार्य, पत्रकार महासंघ कैलाली शाखाका सदस्य बिरेन्द्र शाह, र प्रेस सेन्टर नेपालका सागर चौधरीजस्ता विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि शाहीले समसामयिक राजनीतिक अवस्थाबारे मन्तव्य राख्दै देशमा राजतन्त्र र गणतन्त्र पक्षधरबीचको आन्दोलनले अस्थिरता सिर्जना गरिरहेको बताउनुभयो। समाजमा दिगो शान्ति, सद्भाव र सुशासन स्थापनाका लागि सञ्चारकर्मीहरुले जिम्मेवार पत्रकारिता गर्नुपर्ने र सरकारलाई सचेत गराउने समाचार लेख्न आग्रह गर्नुभयो।

उहाँले २०४८ सालमा पूर्व माननीय गङ्गा बहादुर कुँवरद्वारा प्रस्तावित चिसापानी–जंगलघाट हुँदै मंगलसेन जोड्ने सडक अझै नबनेको विषयमा पनि ध्यानाकर्षण गराउँदै अछाम, दैलेख, जुम्ला, कालिकोट र सुर्खेत जाने छोटो दुरीको उक्त सडक निर्माणमा सरकारलाई दबाब दिन आग्रह गर्नुभयो।

कार्यक्रममा पत्रकार आशिष मल्ल ठकुरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन लम्की प्रेस क्लबका अध्यक्ष भुपेन्द्र विकले गर्नुभएको थियो।
कार्यक्रमको आर्थिक सहयोग केदार टुर एण्ड ट्राभल्सले गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!