१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

रौतहट । रौतहटको मौलापुर नगरपालिकाबाट प्रहरीले आइतबार राति स्रोत नखुलेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।मौलापुर–६ पथराबुधरामस्थित सार्वजनिक सडकमा जाँचका क्रममा १० लाख नेपाली रुपैयाँसहित भारतको मोतिहारी थाना कुंडवा चैनपुर ग्राम पञ्चायत खरहा चैनपुर–८ ग्राम मुसहरीयाका २३ वर्षीय राजकिशोर ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए । भारतबाट बीआर०५ एसी ९४७७ नम्बरको मोटरसाइकलमा पैसा राखेर नेपाल आउँदै गर्दा मौलापुरको डिकमा जाँचका क्रममा ठाकुर प्रहरीको फन्दामा परेका हुन् ।

मोटरसाइकलको सिटमुनि झोलाभित्र लुकाइ राखेको अवस्थामा एक हजारको ६०० थान, पाँच सयको ८०० थान नेपाली रुपैयाँ फेला परेकोले डीएसपी रायले बताए । ‘हामीले रकमसहित भारतीय नागरिक ठाकुरलाई पैसाको स्रोत खोल्न कागजपत्र मागेका थियौं’, उनले भने, ‘कुनै कागजपत्र देखाउन र स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेका हौँ ।’प्रहरीले ठाकुरको साथबाट मोबाइल र परिचय खुल्ने कागजसमेत बरामद गरेको छ । सीमा क्षेत्रमा केही समययता स्रोत नखुलेको र नक्कली नोटको ओसारपसार बढेको छ । उनीहरु पैदल, साइकल वा मोटरसाइकल चढेर रकम ओसारपसार गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!