०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाल प्रहरीको रिक्त १० जना डीआईजी पदपूर्तिका निम्ति सिफारिस अन्तिम तयारी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

नेपाल प्रहरीको रिक्त १० जना डीआईजी पदपूर्तिका निम्ति सिफारिस अन्तिम तयारी

काठमाडौं । यससँगै ‘नमस्ते टोली’ भनिने राष्ट्रिय अनुसन्धान विभागबाट समायोजित समूह ‘बढुवा विभेद’ हुनेमा सशंकित छ ।

डीआईजी र एआईजीका अघिल्लो बढुवामा पछाडि पारिएको उक्त टोली डीआईजी दर्जामा अब हुने बढुवामा पर्ला कि नपर्ला भन्ने संशय पैदा भएको छ । नेपाल प्रहरीमा रिक्त १० डीआईजी बढुवाका दावेदारमध्ये उक्त टोलीबाट मात्रै ४ बलिया दावेदार छन् ।

यसअघि दावेदारी बलियो हुँदाहुँदै पनि सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीहरु डीआईजी र एआईजी बढुवामा पछाडि पारिएका थिए ।

डीएसपीदेखि एसएसपी दर्जासम्मको बढुवामा नेपाल प्रहरीको १११ टोलीभन्दा अगाडि रहँदै आएको उक्त टोलीलाई डीआईजी बढुवादेखि पछाडि पारियो । गत साताको एआईजी सिफारिसमा त नामोनिशान पनि भेटिएन ।

नेपाल प्रहरीमा रिक्त १० डीआईजी बढुवाका निम्ति ११२ टोली (भर्ना मिति २०५६ असार ३) कै बीचमा प्रतिस्पर्धा हुने चर्चा चलिरहँदा एसएसपी बढुवामा उक्त टोलीभन्दा पहिल्यै प्रवेश पाएको राअबाट समायोजित टोलीको कुनै चर्चा छैन ।

जबकी बढुवाका बलिया दावेदार भएर पनि ‘राअ टोली’ कै नाममा विभेद गरिएका अधिकृत २०७९ असार २५ मा एसएसपी सिफारिस भएका थिए । ११२ का अधिकृत चाहिँ २०८० वैशाख २४ का एसएसपी हुन् ।

यसरी समायोजित समूहकै नाममा विभेद गर्दै दावेदारी पुग्दा पनि बढुवाको चर्चामा प्रवेश नपाएका एसएसपी हुन्, ओमबहादुर राना, विनोद घिमिरे, जयराज सापकोटा र सुरेन्द्रबहादुर गुरुङ । यो टोलीले २०७९ असार २५ मा एसएसपी बढुवा पाउँदाका प्रायः अधिकृत अहिले डीआईजी छन् ।

उनीहरुजस्तै अनुसन्धान विभागबाटै समायोजित भएका सिद्धिविक्रम शाह उक्त बढुुवाको २, सुशीलसिंह राठौर ३ र उमाप्रसाद चतुर्वेदी ४ नम्बरमा सिफारिस भएका थिए । अहिले पहिलो नम्बरमा एआईजी सिफारिस भएका दानबहादुर कार्की त्यही बढुवामा सिफारिस नम्बर ५ बाट एसएसपी भएका थिए ।

अहिले डीआईजीको दावेदारी दावी गर्ने राना ११, घिमिरे २४, सापकोटा २८ र गुरुङ २९ नम्बरमा एसएसपी सिफारिस भएका थिए । सोही बढुवामा ९ नम्बरका हिमालयकुमार श्रेष्ठ र १० का डम्बरबहादुर विक पनि डीआईजी भइसकेर पनि एआईजीको प्रतिस्पर्धामा आफ्नो दावेदारी दावी गरिसके ।

अनुसन्धान विभागबाट समायोजित टोलीका निम्ति २०८१ जेठ ४ को डीआईजी बढुवा दुर्भाग्यपूर्ण हुन पुग्यो । डीएसपी बढुवादेखि अगाडि रहँदै आएको अनुसन्धानबाट समायोजित टोलीले डीआईजी बढुवाका निम्ति ६ महिना पछाडि पर्नुप¥यो । गत साताको एआईजी बढुवामा त कोही पनि परेनन् ।

यस्तो स्थितिका बीच आजभोलिमै प्रकाशित हुने डीआईजी बढुवा सिफारिसमा परिएला कि नपरिएला भन्ने चिन्तामा छन्, राअ टोली । कार्यालय प्रमुखका रुपमा खटाउने कुरामा विभेद छैन । उही तलब, उही ग्रेड, मात्रै तालिम अगाडि र पछाडिको । तर, जब जब बढुवाको मामिला आउँछ, उक्त टोलीलाई ‘नमस्ते’ टोलीका नाममा अपमान गर्ने गरिएको सोही टोलीका एक अधिकृत बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!