१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

यातायात कार्यालय बारामा आर्थिक अनियमितता लेनदेनकै आधारमा फेल भएकालाई लाइसेन्स वितरण

Logo
राहुल गुप्ता प्रकाशित बिहिबार, बैशाख ११, २०८२

कलैया,बारा । यातायात व्यवस्था कार्यालय, बारामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा व्यापक अनियमितता भएको खुलासा भएको छ। सेवाग्राहीहरूले आर्थिक लेनदेनकै आधारमा फेल भएका उम्मेदवारलाई समेत लाइसेन्स वितरण भइरहेको आरोप लगाएका छन्

सूत्रहरूका अनुसार, कार्यालय प्रमुख अविन्दर दास,कर्मचारी सत्यनारायण शाहको मिलेमतोमा ट्रायल तथा लिखित परीक्षा फेल भएकाहरूलाई पनि निश्चित रकम असुली लाइसेन्स दिने गरेको पाइएको छ। तोकिएको शुल्क बुझाउने उम्मेदवारहरूलाई परीक्षाका नतिजा हेरफेर गरी पास गराइने, जबकि कानुनी रूपमा योग्य उम्मेदवारहरू अन्यायमा पर्ने गरेको गुनासो बढ्दो छ।

निलम्बन भइसकेका प्रमुख पुनः विवादमा

कार्यालय प्रमुख अविन्दर दास यसअघि वीरगन्जमा कार्यरत रहँदा नेपालीकरण प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियारबाट निलम्बनमा परेका थिए। रौतहटमा कार्यरत रहँदा पनि उनीमाथि अनियमितताको आरोप लागेको थियो। हाल बारामा आएपछि पनि उही शैली दोहोरिएको भन्दै सेवाग्राहीहरूले असन्तोष व्यक्त गरिरहेका छन्।

कार्यालय प्रमुखको खण्डन, सेवाग्राहीको असहमति

कार्यालय प्रमुख दासले भने अनियमितताको आरोप अस्वीकार गर्दै भने, “लाइसेन्स वितरण प्रक्रिया अहिले पूर्ण रूपमा पारदर्शी छ। पछिल्लो समयमा के भइरहेको थियो, मलाई थाहा छैन। अहिले कुनै पनि आर्थिक चलखेलबिना सेवाग्राहीहरूको काम भइरहेको छ।”

तर, स्थानीय सेवाग्राहीहरू भने उनको दाबीप्रति असन्तुष्ट छन्। लिखित परीक्षा र ट्रायलको सूचना समयमा नदिइने, एकै दिन भित्र परीक्षाका सम्पूर्ण प्रक्रिया सकिने, र सूचना कार्यालयको फेसबुक पेजमा जानकारी नराख्ने जस्ता गतिविधिले पारदर्शितामा प्रश्न उठाएको उनीहरूको भनाइ छ।

कारबाहीको माग गर्दै सर्वसाधारण

सेवाग्राहीहरूले कानुनी प्रक्रिया पूरा गरेर लाइसेन्स लिन चाहने नागरिकहरू अन्यायमा परेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। अनियमितताको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै सरोकारवाला निकायहरूलाई दबाब दिन थालिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!