०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

मकवानपुरमा नवनिर्मित महिला प्रहरीको व्यारेक भवन समुद्‍घाटन कार्यक्रम सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ११, २०८२

मकवानपुर । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, हेटौंडाको विनियोजित बजेटबाट यस जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र नवनिर्मित महिला ब्यारेक भवन आज मिति २०८२ बैशाख १० गते बुधवार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरजचन्द्र लामिछाने ज्यूको प्रमुख आतिथ्यतामा समुद्‍घाटन कार्याक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा हेटौंडा उप-महानगरपालिकाका प्रमुख मीना कुमारी लामा ज्यु, प्रमुख जिल्ला अधिकारी श्री स्किम श्रेष्ठज्युबाट शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै प्रमुख अतिथि ज्यूबाट नवनिर्मित महिला भवन निर्माण कार्यमा योगदान पर्‍याउनु हुने गौरीगणेश कन्स्ट्रक्सनका संचालक पवन कुमार मिश्र ज्यूलाई प्रशंसा पत्र तथा प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र प्रहरी हवल्दार असर्फिलाल साहलाई प्रशंसा पत्र सहित नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.श्री कृष्ण हरि शर्मा ज्यूबाट उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भई कार्यक्रम समापन भएको ।
महिला व्यारेक भवन निर्माणको लागि मुल्य अभिबृद्धि कर सहित रु.१,९१,०९,०४२/०३ (एक करोड एकान्नब्बे लाख नौ हजार बयालीस) मा निर्माण सम्पन्न गर्ने गरी मिति २०८० साल असोज ०८ गते Gauriganesh Construction, Gaur-9 Rautahat र जिल्ला प्रहरी कार्यालय मकवानपुर बीच निर्माण सम्झौता भएता पनि केहि डिजाइनहरु थपघट भएकोले परिमार्जित सम्झौता रकम रु. १,९५,७३,१४०/९१ (एक करोड पन्चान्नब्बे लाख त्रिहत्तर हजार एक सय चालिस) को लागतमा निर्माण सम्पन्न भएको हो ।
यस महिला व्यारेकको भवन RCC फ्रेम स्ट्रक्चर अबधारणा अनुसार ५०४.०९ बर्ग मिटर क्षेत्रफलमा तीन तल्ले निर्माण गरिएको छ । यस भवनको भुई तल्लामा ब्यारेक-२, सभाहल-१ र शौचालय/स्नान गृह-२, पहिलो तल्लामा शौचालय र स्नानगृहको सुविधा सहित प्र.ह./प्र.ज.महिला ब्यारेक-२ वटा र दोस्रो अर्थात अन्तिम तल्लामा जु.प्र.अ महिला ब्यारेक-१ वटा, शौचालय/ स्नान गृह सहित सि.प्र.अ. महिला व्यारेक-१ , शौचालय र स्नान गृह-२ वटा व्यवस्थापन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!