१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

मकवानपुर प्रहरीले ठुलो मात्रामा लागूऔषध क्यापसुल ट्रामाडोल,योद्धा पिकअप गाडीसहित २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ११, २०८२

 

हेटौडा । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा बारा जिल्लाको सिम्ररौनगढबाट हेटौडा बजारतर्फ आउदै गरेको मधेश प्रदेश ०२-००१ च १४३८ नं. को योद्धा पिकअप गाडी र चालक जिल्ला बारा पचरौता नगरपालिका वडा नं. ७ बेनौली बस्ने २५ को तिर्थलाल पासवान र सह-चालक ऐ.ऐ. बस्ने बर्ष २३ को सुनिल पटेललाई शंका लागी रितपुर्वक गाडी समेतको खानतलासी गर्दा सो गाडीको अगाडीको ईन्जिन भएको भागमा लुकाई छिपाई राखी ल्याईएको अवस्थामा लागू औषध TRAMADOL HYDRO CHLORIDE CAPSULE I.P 50 mg को ५७,५०० क्यापसुल ( बजार मुल्य प्रति पत्ता ने.रु.७२ ले ५७५० पत्ताले ने.रु.४,१४,०००।– पर्ने ) फेला फेला परेको हुँदा उक्त ला.औ.,मधेश प्रदेश ०२-००१ च १४३८ नं.को योद्धा गाडी बरामद गरी निजहरु तिर्थलाल पासवान र सुनिल पटेललाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!