०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

मकवानपुर प्रहरीले ठुलो मात्रामा लागूऔषध क्यापसुल ट्रामाडोल,योद्धा पिकअप गाडीसहित २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ११, २०८२

 

हेटौडा । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा बारा जिल्लाको सिम्ररौनगढबाट हेटौडा बजारतर्फ आउदै गरेको मधेश प्रदेश ०२-००१ च १४३८ नं. को योद्धा पिकअप गाडी र चालक जिल्ला बारा पचरौता नगरपालिका वडा नं. ७ बेनौली बस्ने २५ को तिर्थलाल पासवान र सह-चालक ऐ.ऐ. बस्ने बर्ष २३ को सुनिल पटेललाई शंका लागी रितपुर्वक गाडी समेतको खानतलासी गर्दा सो गाडीको अगाडीको ईन्जिन भएको भागमा लुकाई छिपाई राखी ल्याईएको अवस्थामा लागू औषध TRAMADOL HYDRO CHLORIDE CAPSULE I.P 50 mg को ५७,५०० क्यापसुल ( बजार मुल्य प्रति पत्ता ने.रु.७२ ले ५७५० पत्ताले ने.रु.४,१४,०००।– पर्ने ) फेला फेला परेको हुँदा उक्त ला.औ.,मधेश प्रदेश ०२-००१ च १४३८ नं.को योद्धा गाडी बरामद गरी निजहरु तिर्थलाल पासवान र सुनिल पटेललाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!