२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एसपी सरुवामा राजनीतिक र आन्तरिक चलखेलका कारण ढिलाई सुस्ती

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख १२, २०८२

 

काठमाडौं । नेपाल प्रहरीले प्रहरी उपरीक्षक (एसपी)को सरुवा पुरानै मापदण्डअनुसार गर्ने तयारी गरेको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच भएको छलफलपछि पुरानै मापदण्डलाई टेकेर सरुवा प्रक्रिया अघि बढाउने निर्णयमा पुगेका हुन्।

बिहीबार मात्र प्रहरी नायब उपरीक्षक (डिएसपी) र निरीक्षकहरूको सरुवा गरिएको भए पनि एसपी सरुवा भने अझै टुंगो लागेको छैन। तीन महिनाअघि नै हुनुपर्ने एसपी सरुवा राजनीतिक र आन्तरिक चलखेलका कारण ढिलाइ भएको स्रोतको दाबी छ।

हाल झापा, महोत्तरी, सर्लाही, रौतहट, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, सुर्खेत, पाल्पा, काभ्रेपलाञ्चोक लगायतका एक दर्जन प्रमुख जिल्लामा एसपी सरुवाको तयारी भइरहेको छ। यी जिल्लाहरूमा एसपी बन्ने दौडधुप निकै तिव्र बनेको छ। अस्वस्थ प्रतिस्पर्धा र चलखेलले गर्दा अहिलेसम्म सरुवा निर्णय फाइनल हुन सकेको छैन।

यसैबीच, प्रहरी प्रधान कार्यालयले नयाँ मापदण्ड तयार पार्ने गृहकार्य पनि गरिरहेको छ। तर, हालको सरुवा पुरानै मापदण्डअनुसार हुनेछ र त्यसपछि मात्र नयाँ मापदण्ड कार्यान्वयनमा ल्याइने प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले मातहत अधिकारीहरूलाई जानकारी गराएका छन्।

यता, केही जिल्लाका एसपीहरूको कार्यसम्पादन सन्तोषजनक नदेखिएकाले उनीहरूलाई सात महिनामै फिर्ता बोलाउने तयारीसमेत गरिएको बताइएको छ।

सरुवा प्रक्रिया निष्पक्ष, पारदर्शी र कार्यसम्पादनमा आधारित होस् भन्ने आम नागरिक र प्रहरी वृत्तको अपेक्षा उच्च रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]