२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

नारायणी यातायात कार्यालयमा ट्रायल प्रमुख साहको खुलेआम असुली र मिलेमतो,ट्रायल प्रक्रियामा व्यापक अर्थिक अनियमितता

Logo
राहुल गुप्ता प्रकाशित शनिबार, बैशाख १३, २०८२

पर्सा । नारायणी यातायात व्यवस्था कार्यालय, बिरगञ्जमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा खुलेआम असुली र मिलेमतो भइरहेको तथ्य उजागर भएको छ। सेवाग्राहीहरूका अनुसार ट्रायल प्रमुख चन्द्र शेखर साहको संलग्नतामा कार्यालयमा गम्भीर भ्रष्टाचार र अनियमितता व्याप्त रहेको देखिएको छ।

मिति २०८१ साल चैत २१ गते देखि २०८२ साल वैशाख ११ सम्मको अवधिमा उक्त कार्यालयमा १६०० भन्दा बढी व्यक्तिहरूले लाइसेन्सका लागि आवेदन दिएका थिए।

विभिन्न जिल्लाबाट आएका आवेदकमध्ये करिब ९० प्रतिशतभन्दा बढी ट्रायलमा उतिर्ण भएका छन्। पास भएका व्यक्तिहरूलाई यातायातका कर्मचारीहरूले प्रमाणित गरी प्रवेशपत्र वितरण गरिएको देखिन्छ।

त्यसैबीच, ट्रायल फेल भएकाहरूले बिचौलियाको सहयोगमा रु १५,००० देखि रु २०,००० सम्म रकम बुझाई लाइसेन्स पास गराइरहेको पाइन्छ। बिचौलियाहरूले आवेदकको नागरिकता प्रतिलिपि, ग्राहक कोड, रसिद नम्बरलगायतका विवरण सङ्कलन गरी कार्यालयका कर्मचारीहरूसँग मिलेर ‘सेटिङ’ मिलाउने गरेका छन्। लाइसेन्स पास गराएपछि केही दिन पछिमात्र राजस्व तिरिने र लाइसेन्स वितरण गरिने चलन रहेको छ।

यस बिषयमा ट्रायल प्रमुख चन्द्र शेखर साह र कार्यालय प्रमुख संग सम्पर्क गर्न खोज्दा फोन उठेको छैन।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ र ४६ बमोजिम सवारी साधन सञ्चालन गर्न लाइसेन्स अनिवार्य भए तापनि ऐनकै दफा १५६ को व्यवस्था विपरीत मिलेमतो गरी अनुत्तीर्णहरूलाई लाइसेन्स प्रदान गरिएको छ।

ट्रायल केन्द्रमा सीसी क्यामरा नहुनु, बिग्रिएको अवस्थामा रहनु, ट्रायलको कुनै भिडियो प्रमाण नहुनु र ट्रायल नतिजा प्रकाशनमा अत्यधिक ढिलाइ हुनुजस्ता कमजोरीहरूले बिचौलियालाई सजिलो बनाएको छ।

त्यसैगरी, फेल भएका व्यक्तिहरूको प्रवेशपत्र कानुनी आधारविना कार्यालयले नियन्त्रणमा लिने गरेको गम्भीर आरोप समेत लागेको छ। सेवाग्राहीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा धम्की दिने, हातपात गर्ने र केही ‘भ्रष्ट पत्रकार’को समेत संलग्नता रहेको आरोप लगाएका छन्।

सरकारी तलबले गुजारा चलाउन कठिन भएकाले कतिपय कर्मचारीहरू बिचौलियासँगको मिलेमतोमा अनियमित रकम असुली गरी खर्च धानिरहेको तथा लामो समय एउटै कार्यलयमा बस्न जिल्ला र केन्द्र तहमा समेत बार्गेनिङ हुने गरेको उल्लेख गरिएको छ।

सेवाग्राहीहरूले ट्रायल केन्द्रमा पूर्णरूपमा सीसी क्यामरा जडान गरी प्रभावकारी अनुगमन गर्न, बिग्रिएको क्यामरा तत्काल मर्मत गर्न तथा फेल भएका व्यक्तिहरूको प्रवेशपत्र जफत गर्नुको कानुनी आधार सार्वजनिक गर्न माग गरेका छन्।

“बिचौलियाको सञ्जाल नचुँडिएसम्म र कार्यालय प्रमुखलाई जवाफदेही नबनाइँदासम्म यातायात कार्यालयको सुधार सम्भव छैन,” एक सेवाग्राहीले प्रहार डेली डटकमलाई बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!