१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

व.प्र.का.चन्द्रौटाले स्रोत नखुलेको ४२ लाख नब्बे हजार ४ सय रकम सहित १ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख १४, २०८२

 

कपिलवस्तु । शिवराज नगरपालिका वडा नं. ५ ग्यालेक्सीटोलमा बस्ने शिवा पटवा भन्ने आशिष कुमारसँग स्रोत नखुलेको नेपाली तथा भारतिय रुपैया रहेको भन्ने गोप्य सुचनाको आधारमा यस व.प्र.का.चन्द्रौटा कपिलबस्तुबाट प्र.नि. सुजन शाहको कमाण्डमा उल्लेखित स्थनमा प्रहरी टोली खटी गई सोधपुछ गर्दा देश भारत बलरामपुर जिल्ला तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल तुल्सीपुर बस्ने बर्ष अं.२२ को शिवा पटवा भन्ने आशिष कुमारलाई शंकास्पद अवस्थामा फेला पारी निजको शरीर र निज भाडामा बस्दै आएको कोठामा रित पुर्बक खान तलासी गर्दा पैसा गन्ने मेसिन थान-१, निजको साथमा रहेको VIVO कम्पनिको मोवाईल थान-१ , नेपाली र भारतिय गरी कुल रकम एक मुष्ट रु.४२,९०,४४४ ।- ( बयालिस लाख नब्बे हजार चार सय चौवालिस ) रित पुर्बक बरामद गरी निज ब्यक्ति समेतलाई यस व.प्र.का.चन्द्रौटा कपिलबस्तुमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!