२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सोमबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख १५, २०८२

मेष -आज आत्मविश्वास बढ्नेछ। नयाँ अवसरहरू हात लाग्नेछन्। प्रेम सम्बन्धमा मिठास बढ्नेछ।

वृष – कार्यहरु गर्दा ध्यान दिनु पर्ने दिन रहेको छ ।आर्थिक व्यवहारमा होसियार रहनुहोस्। स्वास्थ्यमा सानो ध्यान पुर्‍याउनु राम्रो।

मिथुन -सहयोगीहरूको साथ पाइनेछ। दाम्पत्य जीवनमा नयाँ ऊर्जा आउनेछ। नयाँ योजनाको सुरुवात राम्रो रहनेछ।

कर्कट -व्यवसायमा मुनाफा बढ्ने संकेत छ। घरपरिवारमा खुशीको वातावरण रहनेछ। साथीभाइसँग रमाइलो समय बित्नेछ।

सिंह -काममा आलस्य नदेखाउनुहोस्। प्रेम सम्बन्धमा चिसोपन आउन सक्छ, ध्यान दिनुहोस्। खर्च बढ्न सक्छ।

कन्या -मनोकामना पूरा हुने योग छ। अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ। शुभ कार्यमा सहभागी हुने अवसर आउनेछ।

तुला -सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। नयाँ जिम्मेवारी मिल्न सक्छ। मन प्रफुल्ल रहनेछ।

वृश्चिक -कठिन परिश्रम आवश्यक छ। तैपनि नतिजा राम्रो आउनेछ। आफन्तसँग असमझदारी बढ्न नदिनुहोस्।

धनु -यात्राको सम्भावना छ। भाग्यले साथ दिनेछ। प्रेम र पारिवारिक जीवनमा सुधार देखिन्छ।

मकर -धेरै सोच्नाले निर्णयमा ढिलाइ हुन सक्छ। आत्मबलमा कमी देखिन सक्छ। तर समयसँगै सुधार हुनेछ।

कुम्भ -व्यापार र रोजगारीमा सुधार आउनेछ। सहयोगीहरूको साथले हौसला बढ्नेछ। सवारी साधनमा सचेत रहनुहोस्।

मीन -रचनात्मक काममा मन जानेछ। नयाँ ज्ञान आर्जनको अवसर आउन सक्छ। प्रेमी प्रेमिकाबीच सामञ्जस्य बढ्नेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद् ।

मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र क लाईन जेसिस चोक तुलसीपूर दाङ ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]