०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाल प्रहरीको ६३ जना एसपीहरुको सरुवा रुपन्देही प्रहरी प्रमुखको जिम्मेवारी एसपी क्षेत्रीलाई

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख १६, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक स्तरीय निर्णयले सोमबार उनीहरुको सरुवा/काज भएको हो। सरुवा सूची अनुसार कोशी प्रदेश प्रहरी गण विराटनगर मोरंगमा कार्यरत एसपी प्रदीप बहादुर क्षेत्रीको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत एसपी रंजितसिंह राठौरलाई नेपाल प्रहरी शिक्षालय भरतपुर पठाईएको छ।

त्यस्तै एसपी खड्गबहादुर खत्रीलाई जिल्ला प्रहरी कंचनपुर, मित्रबन्धु शर्मालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी, गोविन्द पुरीलाई जिल्ला प्रहरी कार्यालय चितवन,भरतबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय गोरखाको जिम्मेवारी दिईएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!