०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

जिल्ला अदालत दाङले बलात्कार कसुरमा युवा वैज्ञानिक रोकालाई सात वर्षको कैद फैसला

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख १६, २०८२

दाङ । घोराही दाङका युवा वैज्ञानिक मार्शल रोकालाई बलात्कार कसुरमा अदालतले सात वर्ष कैद फैसला गरेको छ । ३२ वर्षिय महिलालाई बलात्कार गरेको कसुरमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का २८ वर्षिय रोकालाई जिल्ला अदालत दाङले सात वर्ष कैद फैसला गरेको हो ।

जिल्ला न्यायधिस तेजनारायण पौडेलको इजलासले कसुर ठहर गर्दै सात वर्ष कैद, तीन लाख जरिवाना, ४० हजार क्षतिपुर्ति र १ हजार ३ सय राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका श्रेष्तादार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

पिडितले बलत्कारको कसुरमा २०८० जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । प्रहरीले आरोपित रोकालाई जेठ १७ गते घरबाटै पक्राउ गरी २०८० असार १० गते जवरजस्ती करणीसम्बन्धि मुद्धा चलाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!