०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ तुलसीपुर उपमहानगरपालिकाको गाडीले स्कुटरलाई ठक्कर दिँदा ४ वर्षीया बालिकासहित २ जना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख १६, २०८२

दाङ । तुलसीपुर ६ सुकौरा रोडको पानी टयाङ्की नजिकै रा. १ झ १४२ नम्बरको गाडीले प्र.२००१ प १६७९ नम्बरको स्कुटरलाई आज बिहान ९:२० बजे ठक्कर दिएको इप्रका तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर सूर्य रानाले बताए ।

गाडीको ठक्करबाट स्कुटर चालक तुलसीपुर-५ का ४२ वर्षीय शंकर रेग्मी र उनकी नातिनी ४ वर्षकी प्रिन्स बुढाथोकी घाइते भएका छन् । शंकरको खुट्टामा र प्रिन्सको टाउको, छाती, मुख र निधारमा चोट लागेको छ । घाइते दुवैको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

उक्त सरकारी गाडी यान्त्रिक शाखा प्रमुख रेवा रावतले चलाएकी थिइन् । गाडी दुर्घटना हुनेबित्तिकै रावत घटनास्थलबाट भागेको र चालकले नै गाडी चलाएको देखाएर घटना मोड्न खोजेको भन्दै स्थानीयले विरोध गरे ।

प्रहरीले रेवालाई नै पक्राउ गरेको छ । उनीसँग लाइसेन्स नभएको र ड्राइभरलाई सँगै राखेर सिक्दै गर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!