आन्दोलनरत शिक्षकहरुका मागमाथि छलफल गर्न प्रधानमन्त्री निवासमा सत्तारुढ दलहरूको बैठक जारी
काठमाडौं । बिहान ११ बजे केपी शर्मा ओली
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मंगलबार शिक्षा मन्त्रालयमा भएको वार्तामा शिक्षक प्रतिनिधिहरुले राखेका ९ बुँदे मागमा छलफल हुने जनाइएको छ।
यी हुन् आन्दोलनरत शिक्षकहरुले वार्तामा अघि सारेका ९ माग
शिक्षकहरुले अघि सारेका ९ बुँदे माग पूरा गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराए आन्दोलन रोकि कक्षा १२ को परिक्षा सञ्चालन हुन दिने बताएका थिए ।
साथै शिक्षा ऐन ल्याउने मिति समेत तोक्नु पर्ने उनीहरुको सर्त रहेको थियो । यहि विषयमा सत्तारुढ दलहरुलबिच छलफल गरेर निकास दिन बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
साथै बैठकमा सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा पनि छलफल हुने जनाईएको छ ।