बाँके । कोहलपुर नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास बिभाग,कर्मचारी प्रशासन शाखाको च.नं. ६४४८ मिति २०८२/०१/१० गतेको पत्र आदेशअनुसार यस इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके सरुवा काज भई हाजिर हुनु भएका प्रहरी नायव उपरीक्षक लक्ष्मी खनाललाई यस कार्यालयका प्रहरी निरीक्षक रेशमलाल पौडेल लगायत सम्पुर्ण प्रहरी कर्मचारीले स्वागत गर्नुका साथै यस कार्यालयको सम्पुर्ण चार्ज बुझिलिनु भएको छ।