१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागू पदार्थ दुर्व्यसन विरुद्ध अन्तरकृया तथा सचेतना कार्यक्रम

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख १८, २०८२

 

काठमाडौं । उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागू पदार्थ दुर्व्यसन विरुद्ध अन्तरकृया तथा सचेतना कार्यक्रम सायम कलेज, पुरानो बानेश्वरको सभाहलमा बुधवार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रहरी वृत्त बानेश्वर र सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वरको सयुक्त आयोजना तथा सायम कलेजको सहकार्यमा सञ्चालन गरिएको थियो ।
लागूऔषध दुर्व्यवसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरिएको थियो ।
कार्यक्रमको क्रममा अन्तरकृया साथै उपस्थित विद्यार्थी तथा अभिभावकहरुलाई परामर्श पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले वर्तमान समयमा समग्र राष्ट्रलाई नै असर गर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषध दुर्व्यवसनको नियन्त्रणमा यस्ता सचेतना कार्यक्रमहरु अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनहरुमा विद्यार्थी तथा अभिभावकसंग सम्बन्धित प्याप्सन (PABSON) तथा एन-प्याप्सन (NPABSON) साथै अन्य सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गर्दै लागूऔषध दुर्व्यसन विरुद्धको अभियानलाई थप सशक्त बनाउने उहाँले बताउनुभयो ।
आसरा सुधार केन्द्र रानीबारीका बिपिन थापाले प्रशिक्षण गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बिरेन्द्र गोदार, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविराज थपलिया, सिनियर प्रहरी अधिकृतहरु, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर, घट्टेकुलो र चावाहिलका पदाधिकारीहरु तथा सदस्यहरु, स्थानिय जन प्रतिनिधिहरु, होस्टल व्यवसायी संघ नेपालका पदाधिकारीहरु, लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!