१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

ईलाका प्रहरी कार्यालय गढवा दाङमा कार्यकाल पुरा गरि प्रहरी निरीक्षक कालिका कार्कीको विदाई

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख १९, २०८२

 

दाङ । ईलाका प्रहरी कार्यालय गढवा दाङमा नयाँ आउन लागेका प्रहरी निरीक्षक डबल बहादुर वमलाई स्वागत गरेको छ । संघका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक बमको स्वागत तथा प्रहरी निरीक्षक कार्कीको बिदाई गरिएको हो । ईप्रका गढवामा २८ औं प्रहरी प्रमुख कालिका कार्कीले बिभागीय नियमानुसार कार्यकाल पुरा गरेर विदा भएकि छिन् छ भने २९ औं कार्यकालका लागि प्रहरी निरीक्षक डबलबहादुर वम आएका हुन् ।

त्यस्तै यस अघि रञ्जु केसी,नविन ओली र कालिका कार्की गरी ३ जना महिला प्रहरी प्रमुख भएर ईपका गढवामा आएको र उनिहरु सबैको कार्यकाल रचनात्मक र प्रशंसनिय रहेको कार्यक्रमका सहभागिहरुको भनाइ रहेको थियो । इप्रका गढवाको कार्यक्षेत्र गढवा र राजपुर दुई गाउँपालिकाका १५ वटा वडाहरु र ३४ बढी नेपाल भारत सिमासंग जोडीएका नाकाहरु रहेकोले सुरक्षा सतर्कतामा निकै चुनौति रहेको र यसअघिका प्रहरी प्रमुखले यस क्षेत्रमा अपराध नियन्त्रण र शान्ती सुरक्षा तथा अमन चैन कायम गरि सफल नेतृत् वगर्न सक्षम भएको कार्यक्रमका बक्ताहरुले बताएका थिए ।

बिदाई तथा स्वागत कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोख्रेल, नेपाल रेडक्रस सोसाईटी गढवाका सभापति उमाकान्त पन्त,वडा सदस्य तथा संघका सल्लाहकार दिनमणी आचार्य, एमाले लुम्बिनी प्रदेशका सदस्य रामप्रसाद गैरे,आयाम सहकारीका सचिव श्याम बहादुर चौधरी लगायतले बोलेका थिए । यसैगरी बिदाई भएर जान लागेकी कार्यालय प्रमुख कालिका कार्कीले ११ महिनामा आफूले गरेका महत्वपूर्ण कार्यहरु,अनुभव तथा कार्यसम्पादनका बारेमा बोलेकि थिइन् भने नयाँ कार्यालय प्रमुखले आफ्नो कार्यक्षेत्रमा रहेका आम नागरिकहरुको शान्ती सुरक्षा र अमनचैनका लागि सबैसंग समन्वय र सहकार्य गरी कुसलतापूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाएका थिए ।

यसैगरी गढवा गाउँपालिकाले पनि बुधवार एक कार्यक्रम गरी स्वागत तथा बिदाई गरेको गाउँपालिकाका प्रेस संयोजक आलोक भावुकले जानकारी दिए । संघका उपाध्यक्ष चिन्ता प्रसाद पोखे्रलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका कोषाध्यक्ष दुखहरण यादवले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!