२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जिल्ला प्रहरी कार्यालय बाँके एसपी कार्कीको शुक्रबार बिदाई एवं एसपी घर्तीको स्वागत,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख १९, २०८२

 

बाँके । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँको पत्रादेशले यस कार्यालमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरज्यूलाई स्वागत एवं कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।

साथै तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको पत्रादेशानुसार यस कार्यालयमा सरुवा भई मिति २०८०।१२।२८ गते हाजिर भई यस कार्यालयको कार्यालय प्रमुखको रुपमा कार्यरत रहि तालुक नेपाल प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०८२।०१।१५ गतेको आदेशानुसार नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्की काज सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक तुल बहादुर कार्कीज्यूलाई पारिवारिक तथा व्यवसायिक जिवन सफलताको शुभकामना सहित मायाको चिनो प्रदान गरी एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

कार्यक्रममा यस कार्यालय तथा मातहत इकाईहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा हवल्दार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]