२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

लुम्बिनीका पत्रकारलाई डिजिटल मिडिया र एआई प्रयाेग तालिम

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, बैशाख १९, २०८२

दाङ । अर्घाखाँची नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिकाे आयाेजनामा पत्रकारहरूलाई डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सुरु गरेको छ ।

शुक्रबारदेखि अर्घाखाँचीकाे सितगंगा नगरपालिका–८, सातमारामा शुरू भएकाे तालिममा दाङ, कपिलवस्तु र अर्घाखाँचीका ४० भन्दा बढी पत्रकार सहभागी छन् । तालिममा डिजिटल माध्यम र एआईको प्रयोगमार्फत समाचार संकलन, सम्पादन, प्रस्तुति र प्रकाशनका आधुनिक प्रविधिबारे प्रशिक्षण दिइने महासचिव पाण्डव शर्माले जानकारी दिनुभयो ।

प्रशिक्षकका रूपमा जीवन भण्डारी र किरण कौशल रहनुभएकाे छ । उहाँहरूले पत्रकारितामा एआईको भूमिका, समाचारको तथ्य जाँच, मोबाइल पत्रकारिता, सामग्री व्यवस्थापन प्रणाली, सामाजिक सञ्जालको सदुपयोगलगायत विषयमा प्रशिक्षण दिइरहनु भएको छ ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन महासचिव पाण्डव शर्माले गर्नुभएकाे थियाे । तालिमको विषयमा उपाध्यक्ष रामप्रसाद आचार्यले प्रकाश पार्नुभयो भने अर्की उपाध्यक्ष मीना ढकालले स्वागत मन्तव्य दिनुभयो ।

प्रदेश समिति संयोजकका अनुसार तालिम प्रदेशका १२ जिल्लाका पत्रकार समेट्ने गरी ६ स्थानमा आयोजना गरिँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]