२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौंको विभिन्न स्थानबाट लागुऔषधसहित २७ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख २०, २०८२

काठमाडौँ । महानगरपालिका-११ सुन्धारास्थित न्यू पोखरा प्यालेस होटलबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट, नोर्फिन ४ एम्पुल, डाइजेपाम २ एम्पुल, प्रोमेथाजाइन हाइड्रोक्लोराइड ३ एम्पुल, नगद २९ हजार ३ सय ३० रुपैयाँ र मोबाइल ३ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२७ असन घर भई काठमाडौँ डल्लु बस्ने ३२ वर्षीय रोहन शाही र सोही महानगरपालिका-१३ कालिमाटी बस्ने २८ वर्षीय मनिष श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले होटलको ११२ नम्बरको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.७२ प ९६१२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

बारा, आदर्श कोतवाल गाउँपालिका-३ वाताराबाट अवैध लागुऔषध गाँजा करिब २ सय २५ किलोग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खेतमा पार्किङ गरी राखेको प्र.२-०३-००१ त ४८७६ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्याक्टरको ढाला मुनि फल्स बटन बनाई लुकाई छिपाई राखिएको १५ वटा कार्टुनमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक नन्दकिशोरलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न मकवानपुर हेटौंडा नगरपालिका-४ बस्ने २१ वर्षीय कमाण प्रजा, मकवानपुर कैलास गाउँपालिका-४ देवतिस बस्ने २४ वर्षीय सिताराम प्रजा र मकवानपुर बकैया गाउँपालिका-५ छतिवन बस्ने २२ वर्षीय नवराज मगरलाई समेत बारा कोल्हवी नगरपालिकास्थित रोज उड होटलको कोठा नम्बर ३०३ बाट प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोकबाट नियन्त्रित लागुऔषध फेनारगन ९ एम्पुल, एभिल ९ एम्पुल, डाइजेपाम ९ एम्पुल र लुपिजेसिक ९ एम्पुल सहित सोही उपमहानगरपालिका-१५ निराजन बस्ती बस्ने ३० वर्षीय भरत रसाइलीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ शितल मार्गबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ४ हजार ९ सय ३५ ट्याब्लेट, कोलिवन ५ हजार ६० ट्याब्लेट, स्पास्पेन ९४ ट्याब्लेट, डिकोलिक २० ट्याब्लेट, नाइट्राजेपाम १ सय ९० ट्याब्लेट, एरोमिन्क १६ ट्याब्लेट, अवैध लागुऔषध ब्राउनसुगर करिब २ ग्राम, नगद २ लाख ५३ हजार ७ सय ९६ रुपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भोजपुर घर भएका ३० वर्षीय सुजन श्रेष्ठ, ३१ वर्षीय सागर राई र १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले सुजनको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुर लाईनबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २० वर्षीय सुमित मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ स्थित देउराली होटल एण्ड लजबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित इलाम सूर्योदय नगरपालिका-२ बस्ने २१ वर्षीया सन्ध्या विश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित साठ्ठी बिगाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम, नगद ५ हजार रुपैयाँ, ल्याप्टप १ थान र मोबाइल ४ थान सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ शान्तिगाउँ बस्ने २९ वर्षीय दिपक मल्लिक, सोही नगरपालिका-६ मेचीडाँडा बस्ने २५ वर्षीय सरोज दाहाल, २६ वर्षीय शौगात पोखरेल र सोही नगरपालिका-७ सत्तिघट्टा बस्ने २१ वर्षीय गुडु भन्ने बिजय भुजेल रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागुऔषध ट्रामाडोल ४७ ट्याब्लेट र नगद १७ हजार ५ सय ४० रुपैयाँ सहित सोही उपमहानगरपालिका-१३ मजुवा बस्ने २४ वर्षीय अजय थिङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-२ ए गाउँ बस्ने २६ वर्षीय गौरव विक र २३ वर्षीय सन्देश खत्री रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ सागुनघारीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय मिलिग्राम सहित गुलरिया नगरपालिका-१ खैरापुर बस्ने २६ वर्षीय बिष्णु चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.३ प ९७१० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-३ पुष्पनगरस्थित मान झुण्डी सामुदायिक वनको प्रतिक्षालयबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २३ वर्षीय प्रकाश धामीलाई शुक्रबार दिउँसो प्रह

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]