२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गृहमन्त्री लेखकले नेपाल प्रहरीमा स्टाफ कलेज कोर्सले प्रहरी संगठनमा असल नेतृत्व निर्माण गर्ने विश्वास व्यक्त

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख २१, २०८२

 

काठमाडाैँ । स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्नेमा जोड दिए ।

“आज नेपाल प्रहरीका लागि महत्वपूर्ण र ऐतिहासिक दिन पनि हो । राष्ट्रको सेवामा समर्पित प्रहरीले गर्दै आएको काम/कुरामा एउटा थप राम्रो कामको कुरामा यसलाई लिएको छु ।” गृहमन्त्री रमेश लेखकले भने, “यो कोर्स लागू भएपछि सकारात्मक परिवर्तन आउनेमा आशावादीछु । यो आजको भोलि नै हुने कुरा होइन, पाँच/दश वर्ष कुर्नुपर्ने हुनसक्छ ।”

उनले स्टाफ कलेज कोर्सले प्रहरीमा व्यवसायिकता, प्रतिवद्ध, पेशाप्रति इमान्दार र कामप्रति सर्मपित, सीप, ज्ञान, क्षमता र दक्षता भएको जनशक्ति उत्पादन हुनेमा आफूले विश्वास लिएको बताए ।

नेपाल प्रहरी पहिलो पटक स्टाफ कलेस कोर्स लागु गरिएको छ । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागु गरिएको प्रहरीले जनाएको छ । २०७० को ब्याजबाट स्टाफ कलेजको परीक्षामा १७ जना उत्तीर्ण भएका थिए ।

प्रहरी सेवालाई आधुनिकीकरण गर्ने, नेतृत्व क्षमताको विकास गर्ने, र हाम्रा अधिकृतहरूलाई बदलिँदो सुरक्षा परिवेशसँग जुध्न सक्षम बनाउने एक रणनीतिक कदम पनि हो ।

नेपाल पुलिस स्टाफ कलेजले विस्तृत पाठ्यक्रममा प्रहरी कार्य सञ्चालन तथा प्रशासन, सार्वजनिक मामिला प्रशासन, अपराध अनुसन्धान तथा सुरक्षा अध्ययन, रूपान्तरणकारी नेतृत्व व्यवस्थापन, सुरक्षा अध्ययनका विविध आयामहरू, फरेन्सिक विज्ञान तथा फरेन्सिक चिकित्सा, विपद् तथा द्वन्द्व व्यवस्थापन लगायतका विषयहरू समावेश छन् ।

गृहमन्त्री लेखकले स्टाफ कलेज लागु गर्ने विषयमा लामो मेहनत भएको बताउँदै यसअघि गृहको कमाण्ड गरेका मन्त्री तथा प्रहरी प्रमुख र नेतृत्वदायी भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]