मकवानपुर । हेटौडा उ.म.न.पा. वडा नं. १० बसपार्क स्थितमा लागूऔषध गाँजा ओसारपसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट प्र.नि. विश्वम्भर नाथ साहको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा बसपार्कबाट बिरगंजतर्फ जान रोकि राखेको बा.प्र.०३-०१ ज ९७४ नं. को EV गाडीमा सवार भई आएकी जिल्ला चितवन राप्ती नगरपालिका वडा नं. ८ खुरखुरे बस्ने वर्ष अं. ३० कि लालमाया तामाङलाई शंका लागी निजको शरीर तथा झोला समेतको रितपुर्वक खानतलासी गर्दा गाडीको छतमाथी जेब्रा झोलाभित्र लुकाई छिपाई राखिएको तीन वटा पोकामा ३० किलो लागुऔषध गाँजा फेला पारेको हुंदा उक्त उक्त लागुऔषध बरामद गरी निज लालमाया तामाङलाई नियन्त्रणमा लिई ला.औ.कसुर मुद्धामा थप अनुसन्धान भइरहेको ।