दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँको च.न. ६४४९ मिति २०८२।०१।१० गतेको पत्रादेशले यस कार्यालमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमलाई स्वागत गरि कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।
साथै तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको पत्रादेशानुसार यस कार्यालयमा सरुवा भई मिति २०८१।०२।०२ गते हाजिर भई यस कार्यालयको कार्यालय प्रमुखको रुपमा कार्यरत रहि तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको च.न. ६४४९ मिति २०८२।०१।१० गतेको आदेशानुसार जिल्ला प्रहरी परिसर काठमाण्डौ काज सरुवा भई जान लाग्नु भएका प्रहरी निरिक्षक राजेश शाही ज्यूलाई ब्यक्तिगत पारिवारिक तथा पेशागत जिवनको सफलताको शुभकामना सहित मायाको चिनो प्रदान गरी बिदाई तथा फेरी भेटौला कार्यक्रमका गरिएको ।
कार्यक्रममा यस कार्यालय तथा मातहत इकाईहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा हवल्दार जवानहरुको समेत उपस्थिति रहेको थियो ।