१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

दाङको देउखुरी ईलाका प्रहरी कार्यालय गढवा दाङमा नयाँ प्रहरी प्रमुखका रूपमा डबल बम

Logo
बिदुर एमसी प्रकाशित सोमबार, बैशाख २२, २०८२

दाङको देउखुरी ईलाका प्रहरी कार्यालय गढवा
दाङमा नयाँ प्रहरी प्रमुखका रूपमा डबल बम

दाङ । गढवा दक्षिणी देउखुरीका दुईवटै गाउँपालिकाहरु गढवा र राजपुर हेर्नेगरि नयाँ प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक ( इन्स्पेक्टर ) डबल बम आएका छन् ।

देउखुरी क्षेत्रमा रहेका चारवटा पालिकामा क्रियाशील पत्रकारहरुसित सोमबार अपरान्ह एक परिचयात्मक कार्यक्रम गर्दै प्रहरी प्रमुख बमले सो कुरा बताएका हुन् । पत्रकारसँग कुराकानी गर्दै नदि खोलामा हुने अनैतिक दोहन, घरेलुु हिंसा, लागूऔषध तथा अपराध नियन्त्रणका साथै प्राकृतिक बिपद व्यवस्थापनमा आफ्नो प्रमुख दायित्व रहेको बताएका छन् ।

यसका साथै त्यस क्षेत्रमा अस्तव्यस्त अवस्थामा रहेकोे ट्राफिक समस्यालाई पनि हदैसम्म नियन्त्रण र व्यवस्थापन गर्ने प्रहरी निरीक्षक बमले दाबी गरेका छन् ।

राजपुर र गढवा गाउँपालिकाहरु छिमेकी देश भारतसित सिमाना जोडिएको हुनाले झण्डै तीन दर्जन जति सिमानाकाहरु पर्दछन् । साधन श्राेतले भ्याएसम्म तिमध्ये केही नाकाहरुको स्थलगत रूपमा निरीक्षण गर्ने पनि डबल बमले जानकारी गराए ।

यसका अतिरिक्त भारतीय सिमानामा हुने अवैध सामान तस्करी, चोरीपैठारी नियन्त्रणमा आफू तनमनले लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् । अपराध नियन्त्रण गर्न घटनाको अनुसन्धानमा जतिसक्दो छिटो नागरिकको सहयोग रहन्छ, त्यति नै छिटो हामी सफल हुन्छौं, प्रहरी निरीक्षक बमले स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!