१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

मंगलबार तपाईंको राशिफल

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, बैशाख २३, २०८२

मेष –बौद्धिक कार्यमा मन जानेछ। नयाँ ज्ञान सिक्ने उत्साह जाग्नेछ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। अरूको सहयोग पाउनाले काम सजिलो हुनेछ। तर, हतारमा निर्णय लिँदा सानो गल्ती हुन सक्छ, सतर्क रहनु उपयुक्त हुन्छ।

वृष –धेरै दिनदेखि रोकिएका काम अघि बढ्नेछन्। आर्थिक पक्ष मजबुत बन्नेछ। घरमा रमाइलो वातावरण रहनेछ। स्वादिलो भोजनको सम्भावना छ। मित्रजनसँग भेटघाट र आत्मीयता बढ्ने दिन हो।

मिथुन –मिठो बोली र व्यवहारले अरूको मन जित्न सकिनेछ। छोटो यात्रा वा घुमघामले फुर्सदको पल रमाइलो बनाउनेछ। प्रेम र मित्रता दुवैमा मिठास आउने संकेत छन्।

कर्कट –पारिवारिक जिम्मेवारीमा ध्यान दिनुपर्नेछ। खर्च बढ्न सक्छ, तर आवश्यकतामा हुने भएकाले चिन्ता नगर्नुहोस्। जीवनशैलीमा सादगी अपनाउँदा मानसिक शान्ति मिल्नेछ।

सिंह –नयाँ योजनामा हात हाल्ने समय हो। आत्मविश्वास बढ्नेछ र बोलीमा आकर्षण आउनेछ। साथीभाइको सहयोग र सम्मान पाउने समय हो। व्यक्तिगत जीवनमा खुसी छाउनेछ।

कन्या –काममा निरन्तरता दिँदा सफलता हात लाग्नेछ। व्यापारिक वा आर्थिक निर्णयमा सावधानी आवश्यक छ। न्यानो सम्बन्ध र आत्मीयताको अनुभव हुनेछ।

तुला –सामाजिक क्षेत्रमा नाम र सम्मान बढ्नेछ। मित्रजन वा परिवारसँग विशेष योजना बन्न सक्छ। बौद्धिक काम, लेखन वा शिक्षामा सफलता मिल्ने सम्भावना छ।

वृश्चिक –कसैको व्यवहारले मन अलिक खिन्न बन्न सक्छ। तर, संयमित रहन सक्नुभयो भने दिनमा सकारात्मक परिवर्तन आउनेछ। स्वास्थ्यप्रति सचेत रहनुहोस्।

धनु –भाग्यले पूर्ण साथ दिनेछ। रोकिएको काम बन्नेछ, नयाँ योजना सुरु गर्न सकिनेछ। धार्मिक कार्यमा मन जानेछ र मानसिक सन्तोष मिल्नेछ।

मकर –आर्थिक पक्ष सुदृढ हुँदै जानेछ। परिश्रमअनुसार लाभ मिल्नेछ। सानो प्रयासले पनि ठूलो परिणाम दिनसक्ने समय हो। रमाइलो यात्राको सम्भावना पनि छ।

कुम्भ –साझेदारी वा प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। व्यवहारमा मिठास ल्याउन सके लाभ हुनेछ। मनको कुरा मनमै राख्नुभन्दा साझा गर्नाले हल्का महसुस हुनेछ।

मीन –मन केही चञ्चल हुन सक्छ, तर रुचिका कामहरूमा व्यस्त रहँदा राहत मिल्नेछ। घरपरिवारसँग समय बिताउन पाउँदा आत्मिक सन्तुष्टि हुनेछ। स्वास्थ्यमा पनि सुधार देखिनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तुविद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!