१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

डिआईजी उमाप्रसाद चतुर्वेदीले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी बिहीबार सम्हाले

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख २५, २०८२

 

जनकपुर । नेपाल प्रहरी नायब महानिरीक्षक डिआईजी उमाप्रसाद चतुर्वेदीले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

तत्कालिन मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि आचार्य प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि उनको ठाउँमा चतुर्वेदीलाई जिम्मेवारी दिइएको हो ।

डिआईजी चतुर्वेदीले जनकपुरधाम पुगेर आजदेखि नै मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् । उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

उनले प्रदेश कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार गर्न निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!