विद्युत् सर्ट हुँदा काठमाडौं ठमेल
सातघुम्ती चोक नजिक आगलागी
काठमाडौं । शुक्रबार दिउँसाे साढे १२ बजेको समयमा उर्मिला श्रेष्ठको ४ तले पक्कि घरको दोस्रो तलामा आगालागी भएको प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले बताए ।
उनका अनुसार दोस्रो तला राजन श्रेष्ठले भाडामा लिई फुलमुन क्लबमा सञ्चालन गरेका थिए । विद्युत् सर्ट भई आगलागी हुँदा दोस्रो र तेस्रो तलामा क्षती भएका हो ।
आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ । आगलागी काठमाडौँ महानगरपालिकाको तीन वटा दमकल, बुढानिलकण्ठ नगरपालिकाको एउटा दमकल,पानी ट्याङकर,नेपाल प्रहरी र स्थानिय सहायताले एक घण्टापछि आगालागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।