दाङ । भर्खरै मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा ट्राफिक प्रमुखको रुपमा सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक इन्स्पेक्टर उपेन्द्र बहादुर बमले तुलसीपुरमा भएको पत्रकार, यातायात व्यवसायी र उद्योगीहरुसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । कार्यक्रममा सहभागीहरुले तुलसीपुर क्षेत्रमा स्कुल बसहरुले अत्याधिक विद्यार्थी राखेर तिब्र गतीमा कुदाउने गरेको भन्दै यसमा ट्राफिक प्रहरीको ध्यानाकर्षण गराएका थिए । यसको जवाफमा ट्राफिक प्रमुख बमले क्षेमता भन्दा धेरै विद्यार्थी राख्ने स्कुल बसलाई कारवाही गरिने बताउदै तुलसीपुर क्षेत्रको हकमा तुलसीपुरका ट्राफिक प्रमुखलाई आवश्यक निर्देशन समेत दिनुभएको छ ।
सवारी दुर्घटना न्युनिकरणका लागी सबैले हातेमालो गर्न आवश्यक रहेको समेत उहाँले बताउनुभएको छ । ट्राफिक प्रहरीको सक्रियताले मात्रै सवारी दुर्घटना न्युनिकरण गर्न असम्भव रहेको भन्दै उहाँले सबै सरोकारवालाहरुले यसमा सहयोग गर्नुपर्ने बताउनुभएको हो । अहिले दाङ जिल्लाको ट्राफिक व्यवस्थापनको अवस्था बुझ्ने काम भइरहको बताउदै उहाँले तुलसीपुर लगाएत समग्र दाङको ट्राफिक व्यवस्थापनमा आफु गम्भिर भएर लाग्ने बताउनुभयो ।
तुलसीपुर क्षेत्रमा हुने दुर्घटना न्युनिकरणका लागी बजार क्षेत्रमा जेब्राक्रसिङ निर्माणमा पहल गर्ने बताउनुभयो । कार्यक्रममा सहभागी भएका विभिन्न क्षेत्रका व्यक्तीहरुले दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरीलाई साथ दिन आफुहरु तयार रहेको बताएका छन् । कार्यक्रममको सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका वरिष्ठ नायब निरीक्षक इश्वरी देवकोटाले गर्नुभएको थियो ।