१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

शनिबार तपाईंहरुको राशिफल

Logo
ABC-Sanchar प्रकाशित शनिबार, बैशाख २७, २०८२

मेष -प्रतिस्पर्धा गर्नु पर्ने दिन रहेको छ । मेहनत मात्र हात लाग्न सक्छ सजग रहेर अगाडि बढ्नु होला ।बुद्धिको प्रयोगले कार्य सम्पादनमा केहीँ सहज हुनेछ ।मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। मित्रता एवं प्रेमपूर्ण जीवनमा मिठास बढ्नेछ ।कुनै नयाँ उपहार प्राप्त हुन सक्छ ।

वृष आजको कर्मद्वारा प्रशंसा प्राप्त हुनेछ ।अध्ययनमा मिहेनतको खाचो देखिनेछ अग्रजको सल्लाह सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।दिउँसोदेखि प्रतिस्पर्धामा उत्रनुपरे पनि मनग्य लाभ उठाउन सकिनेछ। दीर्घकालिन फाईदाको कार्यमा हात हालिन सकिनेछ ।बुद्धि र चातुर्याईले लक्ष प्राप्त गर्न सकिनेछ ।

मिथुन -हतारमा निर्णय लिने लिने समय छैन धैर्यताले अगाडि बढ्नु पर्नेछ ।काम गर्दा प्रक्रिया नमिल्न सक्छ ख्याल गर्नुहोला ।टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि बुद्धिको प्रयोगले केहीँ उचित् कार्य हुनेछ विद्यार्थीको लागि अाज दिन शुभ रहेको छ ।धैर्यताले सफलता दिलाउनेछ ।

कर्कट -गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। श्रमको उचित मूल्याङ्कन नहुदा मन खिन्न हुनेछ ।नतिजा कमजोर देखिनाले कुनै काम दोहोर्याउनुपर्ला। मध्याह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन्। साथीभाइसँग मनमुटाव वढ्न सक्छ ख्यल गरेर अगाडि वढ्नु होला ।

सिंह -मान–सम्मान प्राप्त होला ।बोलीको कारण चिताएका कार्य पूर्ण हुनेछन् ।तपाको विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। मध्यान्न देखि नयाँ काम प्रारम्भ हाेला। पेसा व्यवसायमा पनि लाभ हुनेछ।अध्ययन र व्यापारमा प्रगति हुनेछ। व्यक्तित्वमा निखारता आउनेछ। नाम, दाम र इनाम प्राप्त हुनेछ ।

कन्या – प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। टाढिएका आफन्तहरु नजिकिने छन् ।मिहिनतको फल उपलब्धि मुलक हुनेछ ।अध्ययन अध्यापनमा मन जानेछ ।सुखद् समाचार सुन्न पाईएला ।आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।

तुला -अर्थ पूर्ण खर्च बढ्नेछ ।समस्याले अझै सक्रिय बन्न प्रेरित गर्नेछ। शुभचिन्तकहरूको साथले आशा मारेको फल पुनः प्राप्त हुन सक्छ।दीर्घकालिन लाभ प्राप्त हुने समय छ मेहनत मन लगाएर गर्नुपर्नेछ ।मध्यान्न समयमा पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। चिताएको काम बन्नाले उत्साह जाग्नेछ। पेसा–व्यवसायमा लाभ प्राप्त होला ।

वृश्चिक – आम्दानिका स्रोतहरु बढ्नेछन् ।आवश्यक भौतिक साधन प्राप्त हुने दिन रहेको छ ।आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य प्राप्त होला ।व्यवसायमा सफलता मिल्ला ।मध्यान्न देखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ।यात्राको योग रहेको छ।

धनु -विवाद वाट टाढै रहदा ठिक हुनेछ ।अवसरहरु प्राप्त होला ।दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। अाज नाम, दाम र कमाउने दिन रहेको छ मिहेनत गर्नुहोला ।मध्यान्न देखि आम्दानीका नयाँ स्रोत प्राप्त होलान् ।पहिलेका कामबाट पनि मनग्य लाभ मिल्नेछ। फसेको धन प्राप्त होला ।

मकर – टाढिएका साथिभाई संग भेटघाट हुनेछ ।मन प्रसन्न रहला ।सामाजिक काममा रुचि बढ्नेछ। सहयोगीहरूको साथ पाइनेछ। नाम, दाम र इनाम प्राप्त हुनेछ। धार्मिक कार्यमा मन लाग्नेछ ।मध्यान्न देखिको समयबाट व्यवसायमा मनग्य फाइदा हुनेछ। कामका बाधा हट्नेछन्। नयाँ अवसरहरु प्राप्त हुनेछन् ।

कुम्भ -परिस्थितिवश अरूका लागि समय खर्चनुपर्ला। व्यवहार गर्दा सोच बिचार गर्नुहोला ।सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। शुभचिन्तकको साथले कार्यमा सहजता हुनेछ ।अवसरवादीहरू पछि हट्नेछन् ।सामाजीक कार्यमा मन जानेछ।

मीन -प्रियजनकाे साथले दिन रमाइलाे रहनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। स्वादिष्ट भोजन प्राप्त हुनेछ। दिवाको समयमा अनावश्यक खर्च बढ्नेछ ।स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहेनत अनुसार फल प्राप्त नहुदा मन खिन्न हुनेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!