१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

हेटौंडामा गाडी जमिनमुनि नै हरायो त्यहाँ गाडी नभएको हुनसक्ने आशंका जमिन भासिने खतरा

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख २७, २०८२

मकवानपुर । हेटौंडा १६ मा गत १९ वैशाख शुक्रबारका दिन ना४च ४८३३ नम्बरको बोलेरो गाडी जमिनमुनि नै हरायो । ‘गाडी सहजै भेटिएला !’ भन्ने थियो तर भेटिएन । दिन बित्दैजाँदा गाडी नै त्यहाँ नभएको हुनसक्ने आशंकादेखि अनेक अन्दाज बाहिरिए । एक साता बित्दा बल्ल गाडी ‘त्यही“ रहेको’ भन्ने’ विषयमा खानी तथा भूगर्भ विभाग टोलीले प्रस्ट पा¥यो । सो टोलीले लगातार दुई दिन लगाएर गरेको अनुसन्धानपछि दोस्रो दिन बुधबार गाडी ६ मिटर तल रहेको जानकारी दिएर फर्केको छ । घटना अध्ययनका लागि आएको खानी तथा भूगर्भ विभाग टोलीले मंगलबार र बुधबार प्रारम्भिक अनुसन्धान गरेको थियो । तर, सो स्थानमा बस्न ‘आफूहरू नै असुरक्षित भएको’ बुझेर भूगर्भविद् टोली अनुसन्धान नै स्थगित गरी काठमाडौं फर्किएको छ । गाडी भासिएको स्थानको खाडल झन् ठूलो हुँदै गएकाले जोखिम बढेको छ । ‘यहाँ रहेर अनुसन्धान गरिरहनसमेत उच्च जोखिम रहेको’ भन्दै टोली अनुसन्धान नै स्थगित गरेर फर्किएको हो । त्यस स्थान आसपास बस्दै आएका स्थानीयलाई समेत ‘सचेत हुन’ टोलीले सुझाएको छ ।

भूगर्भविद् नारायण अधिकारी नेतृत्वको टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्र परीक्षण गरेको छ । प्रारम्भिक कार्य सम्पन्न गरी बुधबार काठमाडौं फर्किएको टोलीले संकलन गरेका तथ्य र नमुना प्रयोशालामा परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जनाएको छ । यसअघि, भूगर्भविद् टोलीले मंगलबार साँझ भासिएको गाडीको स्थान पत्ता लगाएको थियो । मंगलबार बिहानबाट काम थालेको टोलीले साँझ मात्रै सम्भावित ‘लोकेसन’ पत्ता लगायो ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण अधिकारी र कृष्ण पाण्डेसहित चार जनाको टोलीले अध्ययनका लागि प्रयोग गरेका विभिन्न तरिकामध्ये गाडी भासिएका दुई स्थानमा ‘ड्रिलिङ रड’ ६ मिटर तल नगएपछि सो स्थानमा गाडी भएको हुनसक्ने अनुमान गरेको छ ।

टोली सदस्य भूगर्भविद् अधिकारीले ‘म्याग्नेटो मिटर’को सहयोगबाट गाडी रहेको सम्भावित स्थान’bout पत्ता लगाएपछि गरिएको ‘ड्रिलिङ’बाट त्यस स्थानमा भासिएको गाडी हुनसक्ने अनुमान गरिएको जानकारी दिए । उनले सम्भावित स्थानमा गरिएका तीन ‘ड्रिलिङ’मध्ये एउटामा ‘ड्रिलिङ रड’ ८ मिटर गहिराइसम्म सजिलै गएको र त्यसपछि गरिएका दुई ‘ड्रिलिङ’का क्रममा रड ६ मिटरमा रोकिएको बताए । यसैलाई आधार मान्दा सो दुई स्थानमा ‘ड्रिल रड’ ६ मिटरभन्दा तल नगएका कारण त्यहाँ गाडी हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।
हामीले सबैभन्दा पहिले त प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरी गाडीको सम्भावित लोकेसन पत्ता लगाउने कोसिस ग¥यौं, गाडी जमिनमुनि भासिएर हराएको ठाउँ’मा प्रोटोन म्याग्नेटोमिटर प्रयोग गर्दा एक ठाउँमा चुम्बकीय वस्तु रहेको संकेत अन्य स्थानका तुलनामा निकै बढी देखियो,’ भूगर्भविद् अधिकारी भन्छन्, ‘त्यसैका आधारमा हामीले सो स्थानमा ड्रिल गर्दा तीनमध्ये दुई स्थानमा ड्रिल रड ६ मिटरमै रोकिएपछि गाडी भएको लोकेसनमा पुग्यौं भन्ने अनुमान गरेका हौं ।’ यद्यपि, यसैलाई आधार मानेर ‘गाडी सोही स्थानमा छ’ भन्न भने नसकिने उनले स्पष्ट पारे । टोलीले गाडीसँगै यहाँको भौगोलिक अवस्था पनि अध्ययन गरेको छ ।

अर्का भूगर्भविद् कृष्ण पाण्डेले प्रोटोन म्याग्नेटोमिटरको साहायताले गाडी भासिएको स्थानको केही पूर्वतर्फ ठुलै चुम्बकीय क्षेत्र तथा पदार्थ (एनोमेलिक)को अवस्था संकेत प्राप्त भएको र सोही संकेतका आधारमा आफूहरूले ड्रिलिङ गरेको र खोजीको अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार घटनास्थलसँगै आसपासको भूबनोट, भूमिगत जलस्रोतलगायत अध्ययन गनुपर्नेछ । अहिले जमिन भासिएर खाल्डो भएको स्थान’roundसमेत बसोबासका लागि जोखिम रहेको उनले उल्लेख गरे । ‘दलदले जमिन रहेका कारण जुनसुकै बेला जमिन भासिन सक्छ,’ पाण्डे भन्छन्, ‘यस स्थानमा बसोबासका लागि जोखिम छ ।’

के थियो घटना ?
१९ वैशाख माछा बोक्ने ना४च ४८३३ नम्बरको हेटौंडा उपमहानगरपालिका–१६ र १७ सीमानजिकैको गैरीगाउँको भित्री कच्ची सडकमा घाँस काट्ने मेसिन लोड गरिएको गाडी रोकिराखेको थियो । रोकिराखिएको सिंगल क्याप बोलेरो गाडी (भ्यान) अगाडिको पांग्रा भासिन सुरु भएको थियो । निकाल्ने क्रममा एक्कासि सडक नै भासिएर गाडी जमिनमुनि गायब भयो । गाडीचालक हरेराम राई र सहचालक भने सडक भासिनुअघि नै निस्किएर जोगिएका थिए ।

भासिएको करिब ५ सेकेन्डमै गाडी बेपत्ता भएको गाडीधनी हरेराम राई बताउ“छन् । गाडी भासिएको वरिपरि माछापालन गरिएको पाँच पोखरी र बोरिङसमेत छ । राईले नै ती दुवै व्यवसाय गर्दै आएका छन् । धेरैले बोरिङका कारण जमिन भासिएको हुनसक्ने अनुमान गरेका छन् । जमिन भासिएर सिंगो गाडी नै बेपत्ता भएपछि मकवानपुर प्रहरीले गाडी खोजीका लागि गत शनिबार २० वैशाखमा दिनभर दुईवटा मोटरले पानी बाहिर फाल्यो तर गाडी फेला परेन ।

जिल्लाको विपद् व्यवस्थापन समिति बैठकले विज्ञ टोली ल्याउने निर्णय ग¥यो । र, प्रहरीले खोजी कार्य स्थगित ग-यो । विज्ञ टोली आएपछि २३ वैशाख मंगलबारबाट पुनः खोजी तथा अनुसन्धान सुरु गरियो । गाडी बेपत्ता भएको घटना सार्वजनिक भएपछि सो स्थानमा दिनभरजसो मानिसको भीड लाग्ने गरेको छ । गाडी भासिएको घटनापछि निरीक्षण र घटनाको वास्तविकता बुझ्न प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेसहितको टोली, हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उमप्रमुख राजेश बानियाँ, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, सुरक्षा निकाय प्रमुखलगायत घटनास्थल पुगेर वस्तुस्थिति बुझ्ने प्रयास गरे ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको उपस्थितिमा उपमहानर प्रमुख लामा, सुरक्षा निकाय प्रमुख एवं प्रतिनिधिसम्मिलित बैठकले खानी तथा भूगर्भ विभागलाई अध्ययन र अनुसन्धानका लागि ‘टोली पठाइदिन’ पत्राचार गरेपछि भूगर्भ विभाग टोलीले स्थलगत अनुसन्धान थालेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!