१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

पाकिस्तान र भारतबीच तत्काल लागुहुने गरि युद्धबिरामको सहमत भएको विदेशमन्त्री इशाक डार

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख २७, २०८२

काठमाडौं । पाकिस्तान विदेशमन्त्री डारले तत्काल लागू हुने गरी युद्धविराममा गर्न दुई देश सहमत भएको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको मध्यस्थतामा भारत र पाकिस्तान युबद्धिरामका लागि तयार भएको भन्दै त्यसको स्वागत गरेका थिए ।

पाकिस्तानी विदेशमन्त्रीले एक्समार्फत युद्धबिराम सहमतिबारे वजानकारी दिँदै पाकिस्तान आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा सम्झौता नगरी क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रयासरत रहेको उल्लेख गरे ।

बिहीबार राति भारत र पाकिस्तानले एकअर्काविरुद्ध मिसाइल र ड्रोन हमला गरे । शनिबार रातिबाट सुरु भएको लडाईं दिनभर नै जारी छ । द हिन्दूका अनुसार भारत प्रशासित जम्मु–काश्मिर क्षेत्रमा दिनभर नै विस्फोटनका आवाजहरु सुनिएका छन् ।

जम्मु–कश्मिरका अतिप्रभावित क्षेत्रका मनिसलाई अन्यत्रै स्थानान्तरण गरी बस्ती खाली गराउन थालिएको छ । बर्नालामा शनिबार राति ८ बजेदेखि आइतबारबिहान ६ बजेसम्म बत्ती निभाउन (ब्ल्याकआउट गर्न) निर्देशन जारी भएको छ ।

लुधियाना, फरिदकोट, राजस्थान, जोधपुर, जइसाल्मर श्रीगंगानगर, पोखरन, बार्मर लगायत जिल्लामा भारतीय प्रशासनले ‘रेड अलर्ट’ जारी गरेको छ । हिन्दूस्तान टाइम्सका अनुसार पाकिस्तानी आक्रमणको जवाफमा भारतले पाकिस्तानका ८ सैन्य र हवाइ अड्डा लक्ष्य गरेर आक्रमण जारी राखेको छ ।

शनिबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाका कर्नल सोफिया कुरेशीले पाकिस्तानी रडार, गोलाबारूद्ध भण्डारण गरिएको क्षेत्र र र कमान्ड सेन्टरलाई लक्ष्य गरी ८ स्थानमा आक्रमण गरिएको बताइन् ।

पाकिस्तानका रफिकी, मुरिद, चकाला, रहिम यार खान, सुक्कुर, चुनियन, पसुरूर र सियालकोटमा हवाइ र सैन्य अड्डाहरूमा आक्रमण गरिएको भारतीय सञ्चार माध्यले जनाएका छन् । त्यसको जवाफमा पाकिस्तानले भारतविरुद्ध शनिबारै अपरेसन बनयान–उल–मरसुसु घोषणा गरेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!