१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

एआईजी टेकबहादुर तामाङद्वारा प्रहरी नायव उपरीक्षक कोपिला चुडालको बिदाई कार्यक्रम,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख २८, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रहरी नायव उपरीक्षक कोपिला चुडालको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८२।०१।१० गतेको पत्रले जिल्ला प्रहरी कार्यालय,मोरङ सरुवा भई कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव उपरीक्षक कोपिला चुडाललाई यस कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।

बिदाई तथा फेरि भेटौला समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्रहरी नायव उपरीक्षक कोपिला चुडालले यस कार्यालयमा कार्यरत रहँदा प्रदान गरिएका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि हार्दिक शुभकामना समेत व्यक्त गर्नु भयो ।

प्रहरी नायव उपरीक्षक कोपिला चुडालले यस कार्यालयमा कार्यरत रहँदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!