१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी कार्कीद्वारा मातहत प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्वारा निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख २८, २०८२

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले कोशी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण पश्चात कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश प्रहरी गण रानी, नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ ।
वैशाख २८ गते Virtual माध्यमद्धारा निर्देशनको क्रममा वहाँले प्रहरीले आ-आफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई सामना गर्दै एक निर्भिक, ईमानदार र वफादार राष्ट्र सेवककोरूपमा खटिनु पर्ने निर्देशन दिनु भएको छ ।

वाँहाले नागरिकको अपेक्षा बमोजिम छिटो, शिष्ट, सभ्य र पिढित मैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न र दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी सामजमा शान्ति सुरक्षा कायम राख्न, आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ । वहाँले सिमा नाकाहरुमा कडाईका साथ चेकजाँचको व्यवस्था, प्रविधि मैतृ तथा प्रभावकारी ट्राफिक व्यवस्थापन, विपदका घटनाहरुमा तत्काल उद्धार, पेन्डिङ मुद्दाको फछ्यौट, प्रभावकारी प्रहरी अनुसन्धान, सवारी दुर्घटना नियन्त्रण, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा प्रहरी परिचालन गरी समाजमा शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । साथै वहाँले आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बनाई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्ने जोड दिनु पर्ने वताउनु भयो ।
सोही क्रममा जिल्ला प्रहरी प्रमुखहरुले आ-आफ्नो जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, सुरक्षा चुनौती, भावि कार्य योजना सम्वन्धि प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।
निर्देशन सम्वोधन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!