१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनीमा बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन आईपुगे

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख २९, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनीमा बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन आईपुगे

कपिलवस्तु । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन् । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन उनी यहाँ आइपुगेका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ ।

लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाका अनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको बताए । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

error: Content is protected !!