१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

ज्यानमार्ने कसुरमा फरार बरिष्ठ सई जबरासहित ७ जनालाई सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, बैशाख २९, २०८२

 

पर्सा । बीरगञ्ज महानगरपालिका २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गर्ने नेपाल प्रहरीका बरिष्ठ सई राणासहितका ७ जना ब्यक्तिका बिरुद्ध परेको जाहेरीमा सरकारी वकिल कार्यालय पर्साले मुद्दा नचल्ने निर्णय गरेको छ

वडाध्यक्ष चतुर्वेदीले चैत ८ गते बरिष्ठ सई राणा र वीरगञ्ज–१ का वडाध्यक्ष सुशील साह कानुुसहित ७ जनाले आफूलाई कुटपिट गरेको भन्दैे जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए । प्रहरीले घाउजाँच प्रतिवेदनसहित पेश गरे पनि सरकारी वकिल कार्याय पर्साले मुद्दा नचलाउने निर्णय गरेको छ ।

७ जनाबिरुद्ध जाहेरी परेकोमा १ जनासँग मात्र बयान लिएर मुद्दा नचल्ने निर्णय गर्न नमिल्ने कानुनी ब्यवस्था भए पनि सेटिङमा सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरी उच्च अदालत बीरगञ्जमा पठाएको छ । र, उच्च अदालत बीरगञ्जले महान्यायाधीवक्ताको कार्यालयमा पठाई ज्यान मार्ने उद्योगको मुद्दालाई सामान्य कुटपिट भनी देवानी भनेर राणासहितलाई उन्मुक्ति दिन लागिएको छ । पीडित चतुर्वेदी महान्यायाधीवक्ताको कार्यालयको निर्णय पर्खिरहेका छन् ।

मुद्दा नचल्ने निर्णय भइसकेपछि राणाले उल्टै राणाले पीडितलाई धम्की दिने गरेको आरोप छ । उनले अब फेरि मधेश प्रदेशमा बस्ने हो, आईजीपी, डीआईजीसँग आफ्नो राम्रो सम्बन्ध छ भनेर ब्यापारीहरुलाई थर्काउने गरेका छन् ।

ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी भएपछि फारर भई सम्बन्धित कार्यालयमा हाजिर समेत नभई लामो समय गैरहाजिर रहँदा पनि कुनै कारबाही नहुनु र उक्त घटनाप्रति आन्तरिक छानबिन समेत नभई खुलेआम भिडियो र अडियोसहित मिडियामा आउँदा पनि कुनै कारबाही तथा छानबिन नहुनुले अपराधीक नेक्सस र पावर सेन्टरमा बरिष्ठ सई राणाको पहुँच कति छ भन्ने सहजै बुझ्न सकिन्छ ।

बाबु साधारण कर्मचारी भए पनि उनको बीरगञ्जको किङ्स क्यासिनोदेखि बारा पर्साका बिभिन्न क्यासिनोमा अबैध लगानी रहेको छ । उनले अपराधीक गिरोहबाट समेत असुली गर्ने गरेको आरोप छ । उनले तस्करी र अपराधीहरुको समूहसँग नगद वा श्रीमतीको नविल बैंकको खातामा रकम हाल्न लगाउँदैआएका छन् । ५० लाखको सुजुकी कम्पनीको गाडीमा उनी सवार हुने गर्दछन् ।

बारा पर्सामा घुमुवा बसी अकूत कमाएका उनले राजसी ठाँटबाँट देखाउँदै मदिरादेखि अन्य कुरामा उनले दैनिक २० हजार खर्च गर्ने गरेको आरोप छ । बारा र पर्सामा घुमुवा बसेर अकूत कमाएका राणाले पर्सामा २ करोड खर्च गरी कच्ची घरलाई पक्की बनाएका छन् । सिमरा एयरपोर्ट नजिक २ करोडको घर किनेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीपछि बिक्री गरेका छन् ।

बाराका बिभिन्न होटलमा बसी आपराधिक ब्यक्तिहरुलाई राखी मदिरासेवन र ब्यापारीलाई बिल तिर्न लगाउने गरेका छन् । बिल नतिरेमा समाचार लेखाउने र फसाउने धम्की दिने गरेको छ । बिभिन्न ब्यक्तिको नाममा सिम निकालेर प्रयोग गरी अपराधीक ब्यक्तिहरुसँग साँठगाँठ गरी संगठित रुपमा तस्करी तथा अपराधीक गिरोह चलाएको थाहा पाएपछि तत्कालीन आइजीपी बसन्तबहादुर कुँुवरले राणालाई १ घन्टे काज गरी रामेछाप सरुवा गराएका थिए । र, अहिले कुँवर गएपछि संगठित रुपमा पुरानो गिरोहलाई सक्रिय बनाई मधेश प्रदेश हेर्ने जिम्मा मैले पाएको छु भन्ने गरेका छन् ।

राणाको धनुषा प्रहरी अन्तर्गत दरबन्दी रहेको छ । तर उनी पुनः ८–१० बर्ष घुमुवा बसेको पर्सामा आउन खोजिरहेका छ्न् । राणाको स्थायी घर पर्सा हो, जबकि घरपायक प्रहरी अधिकृतको प्रायः सरुवा गर्न मिल्दैन ।

२०७३ मा राजुबाबु श्रेष्ठ पर्साको एसपी हुँदा राणालाई सादा पोशाकमा क्राइममा राखी ठूलो रकम उठाएको आरोप लागेको थियो । राणाले उनको पालामा कुस्त कमाउन सफल भएका थिए । घुमुवाका रुपमा उनको बारेमा धेरै गुनासो आएपछि उनी पर्साबाट हटाइए । पर्साबाट हटाइए पनि उनी छिमेकी जिल्ला बारामा सरुवा मिलाएर गए । सई बढुवा भएपछि बाराको क्राइमको जिम्मा पाए ।

बाराको क्राइमबाट जीतपुर र अमलेखगञ्ज प्रहरी चौकीको इन्चार्ज भए । बारामा सरुवा भए पनि उनको समूहमा काम गरेका प्रहरीका घुमुवाहरु संजय जैसवाल, राजु गुप्ता, राजेश यादव, प्रमोद सिंह लगायतका केही पर्सामै थिए । यिनै घुमुवाहरुबाट पर्साको तस्करीको नेटवर्क पनि राणाले चलाउने गरेको आरोप लाग्ने गरेको थियो ।

क्यासिनोका अलावा बरिष्ठ सई राणाले बालकृष्ण पोखरेलसँग मिलेर साझा ट्रान्सपोर्टमा लगानी गरेका थिए । बारम्बार तस्करीमा मुछिइरहने साझा ट्रान्सपोर्टमा पोखरेलसँग साझेदारी टुटेपछि राणाले भाइमार्फत कालिका ट्रान्सपोर्टमा लगानी गरेको स्रोतको दाबी छ ।

जबराद्वारा समाचारको खण्डन
उक्त समाचारमा प्रहरी वरिष्ठ नायब निरीक्षक सागर शम्सेर जबराले खण्डन गरेका छन् । उनले सिमरामा दुई करोडमा घर किनेको, अकुत सम्पत्ति कमाएको, दुई करोड लगानीमा घर मरम्मत गरेको र श्रीमतीको नबिल बैंक खातामा तस्करीको रकम जम्मा नगरेको दाबी गरेका छन् । साथै, राणाले यी आरोपहरू प्रमाणित गर्न चुनौती पनि दिएका छन् ।  यदि यी कुरा प्रमाणित भए कानुनअनुसार सजाय भोग्न तयार रहेको समेत जबराले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाका अनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको बताए । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

error: Content is protected !!