२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

३ महिनादेखि डिआईजी रिक्त रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा को आउँदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ३०, २०८२

बिरेन्द्रनगर । निजामति कर्मचारीहरूले मात्र होइन, नेपाल प्रहरीले पनि कर्णाली प्रदेशलाई तेस्रो दर्जामा राख्न थालेका छन् । प्रत्यक्ष सम्पर्कमा रहने प्रहरीलाई समेत कर्णालीका जनताले सहजै भेटघाट गर्न सक्ने अवस्था बनेको छैन । प्रहरीको सरुवा नै सोर्स फोर्समा मधेश प्रदेश, कोशी प्रदेश बाग्मती वा लुम्बिनी हुन थालेको छ । प्रहरीको प्राथमिकता कर्णाली नपरेपछि गृहमन्त्रालयले डिआइजीसमेत पठाउन सकेको छैन ।२१ वैशाखमा नेपाल प्रहरीमा भएको सरुवाको सूचीलाई हे¥यो भने कर्णालीमा डिआइजीको पद रिक्त छ । गृहमन्त्री रमेश लेखकले २१ वैशाखमा ७ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरूको सरुवा गरेका थिए । सो सरुवा सूचीअनुसार ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका थिए । तर, गृहमन्त्री लेखकले कर्णालीमा जाने डीआइजी पाउन सकेनन् ।
तीन महिनादेखि रिक्त रहेको कर्णाली प्रदेशमा डिआइजी पठाउन नसक्नुमा कुनै पनि प्रहरी त्यहाँ जान नमान्नु र मन्त्रालयले पठाउन नसक्नु हो । मन्त्रालय सम्हालेको १० महिना पूरा हुँदा पनि गृहमन्त्री लेखकले एउटा प्रहरी अधिकृतलाई मन्त्रालयले चाहेको स्थानमा पठाउन सक्दैनन् । यसले गर्दा मन्त्रीभन्दा प्रहरी अधिकृत शक्तिशाली देखिएका छन् ।
संसदमा सरकारले कर्णालीलाई उपेक्षा गरेको भन्दै चर्को आलोचना हुने गरेको छ । बजेट, कर्मचारी प्रशासन मात्र होइन प्रहरीसमेत जान नमानेपछि सरकार कति लाचार रहेको भन्ने पुष्टि हुन्छ । कर्णालीमा प्रहरीमा मात्र होइन अन्य कर्मचारीसमेत जान मान्दैनन् ।
कर्णालीवासी प्रदेश सरकारले चाडै डिआइजी पठाइदिन आग्रह समेत गरेको छ । एसएसपी समेत बेलाबखत घर जाने र महिनौसम्म हराउने भएपछि निमित्त डिआइजीको काम एसपीले गर्ने गरेका छन् ।
फागुन २२ मा जनक भट्टराई एआइजीमा बढुवा भएसँगै कर्णाली डिआइजीविहीन छ । कर्णालीमा जान सबैले ‘अनिच्छा’ व्यक्त गरेपछि डिआइजी नपठाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ । कर्णालीमा डिआइजी पठाउन नकसेपछि मन्त्री लेखक निरिह जस्तै भएका छन् । उनले भनेको अटेरी गर्ने डिआइजीलाई शान्ति सुरक्षा कायम गर्न मन्त्रीले कसरी निर्दैशन दिन्छन र त्यो निर्दैशनलाई ती डिआइजीले कसरी पालान गर्छन भन्ने अहंम प्रश्न आएको छ ।
उनले एआइजी बढुवामा पनि न्याय दिन नसकेको गुनासो बढिरहेको छ । यद्यपि, मन्त्री लेखकले अब्बललाई बढुवा गरेको भन्दै ‘फेस सेभिङ’ गरिरहेका छन् ।
प्रहरीमा ६ जना अतिरिक्त महानिरीक्षक (एआइजी)हरूको बढुवा भएर पदस्थापन भइसक्दा पनि रिक्त रहेको १० डिआइजीको बढुवा प्रक्रिया सुरु हुन सकेको छैन । प्रहरीमा जनपद समूहतर्फ १० जना डिआइजी पद रिक्त छ । वैशाख १५ गते मन्त्रिपरिषद्ले एआइजीहरू चन्द्रकुवेर खापुङ, कृष्णहरी शर्मा, लालमणि आचार्य, डा. मनोज केसी, दान बहादुर कार्की र राजन अधिकारीको पदस्थापन गरेको थियो ।
डिआइजी बढुवामा ३ टोलीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको बिचमा प्रतिस्पर्धा छ । तर, बढुवा समितिले डिआइजी बढुवा सिफारिस गर्न सकेको छैन । डिआइजी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी हुन् । उनी डिआइजी बढुवा र मन्त्रालयको महत्वपूर्ण काम छाडेर एकसातादेखि विदेशमा थिए । आइतबार राती मात्रै काठमाडौ उनी स्वदेश आएका छन् । मंगलबारबाट उनी मन्त्रालयमा हाजिर भएपछि मात्रै डिआइजीको बढुवा सिफारिस अघि बढ्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!