२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ३०, २०८२

काठमाडौं । जिल्ला अदालत काठमाडौँले मिश्र र प्रसाईँसहितलाई राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनीहरूमाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय हिरासतमा राख्न अनुमति मागेको थियो । प्रहरीको माग अनुसार नै अदालतले म्याद थपेको हो ।

उनीहरू विरुद्ध आठौँ पटक राज्य विरुद्धको कसुरमा म्याद थप गरिएको हो । उनीहरूलाई पछिल्लो पटक वैशाख २१ गते म्याद थप गरिएकोमा थप अनुसन्धान गर्न पर्ने भएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

गत चैत्र १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो ।

राजावादी प्रदर्शनका जनकमान्डर भनिएका प्रसाईँविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, सङ्गठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]