२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ३०, २०८२

काठमाडौं । जिल्ला अदालत काठमाडौँले मिश्र र प्रसाईँसहितलाई राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनीहरूमाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय हिरासतमा राख्न अनुमति मागेको थियो । प्रहरीको माग अनुसार नै अदालतले म्याद थपेको हो ।

उनीहरू विरुद्ध आठौँ पटक राज्य विरुद्धको कसुरमा म्याद थप गरिएको हो । उनीहरूलाई पछिल्लो पटक वैशाख २१ गते म्याद थप गरिएकोमा थप अनुसन्धान गर्न पर्ने भएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

गत चैत्र १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो ।

राजावादी प्रदर्शनका जनकमान्डर भनिएका प्रसाईँविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, सङ्गठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!