१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

सईसँग झगडा गरेर डीएसपी हेडक्वार्टर तानिए जिल्ला प्रहरी कार्यालय,डोल्पा नेतृत्व विहीन

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ३०, २०८२

डोल्पा । भौगोलिक दृष्टिमा देशको सबैभन्दा ठूलो जिल्ला हो । त्यहाँ जेठ ५ गतेदेखि यार्चागुम्बा संकलनका लागि सामुदायिक वन तथा राष्ट्रिय निकुञ्ज खुला हुँदैछ । यसक्रममा अनगिन्ती आपराधिक घटना हुने गारेका छन् । तर, जिल्ला प्रहरी नेतृत्वविहीन छ ।

प्रहरी प्रधान कार्यालयले वैशाख १० गते निकालेको सरुवाअनुसार डीएसपी डा। हेमबहादुर केसी त्यहाँ सरुवा भएका थिए । उनी १५ गते हाजिर भए । सात दिनपछि मुद्दा फाटमा कार्यरत रसाइली थरका सईसित उनको भनाभन चल्दा डीएसपी केसी हातपातमै उत्रिए

यो घटनाको छानबिनका निम्ति डीएसपी डा। केसी भोलिपल्टै प्रधान कार्यालय तानिए । त्यहाँको कमाण्ड इन्स्पेक्टर मनिष थापाले सम्हालिरहेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार डीएसपी केसीमाथिको छानवीन जारी रहेका कारण उनी केही दिन प्रधान कार्यालयमै रहने छन् । प्रहरीस्रोतका अनुसार डोल्पामा प्रहरी प्रमुखको जिम्मेवारी डीएसपी केसीलाई नै दिने कि अरु कोही पठाउने भन्नेबारे आईजी दिपक थापाले निर्णय गर्ने छन् । उनी कोशी प्रदेशबाट मंगलबार राति मात्र फर्किने कारण बुधबार वा बिहीबार टुंगो लाग्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाका अनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको बताए । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

error: Content is protected !!