२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ईप्रका भालुवाङ प्रमुख पुस्करसिंह ऐरीको एक्सन राप्ती नदीबाट अवैध नदीजन्य उत्खन ९ वटा ट्याक्टर पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ३१, २०८२

दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङ दाङले आज बिहान साढे ३ बजेको समयमाक्स राप्ती गाउँपालिका १ र गढवा गाउँपालिका १ स्थित राप्ती नदी किनाराबाट अवैध रूपमा मिस्कट बालुवा लोड गर्दै गरेका ९ वटा ट्याक्टरहरु सहित चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक पुस्करसिंह ऐरीको नेतृत्वमा खटेको टोलीले रातिको समयमा विशेष गस्ती गर्ने क्रममा ती ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्याक्टरहरूमा लु ३ त ६१६०, रा १ त २१२१, लु ४ त १२२५, रा १ त ५०५३, लु ४ त १६१०, रा १ त ३९०९, लु ३ त ३८७८, रा १ त ४१४० र ना ७ त ५६८७ नम्बरका ट्याक्टरहरु रहेका छन् ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टरहरू अवैध रूपमा बालुवा उत्खनन् र ढुवानीमा संलग्न रहेका थिए । चालकहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले यस्ता अनधिकृत गतिविधिले वातावरण, नदी प्रणाली तथा स्थानीय संरचनामा गम्भीर असर पार्ने भएकाले नियमित गस्ती र निगरानीलाई अझ कडाइका साथ अगाडि बढाइने बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!