बझाङ । जिल्लाको बुंगल नगरपालिका -८ ऐडीगाउँ उस्कुलामा खेत जोत्ने क्रममा गोरुसहित ५०० मिटर तल खसेर एक मेहनती कृषक सुका ऐइडिको मृत्यु भएको हो !
स्थानीयका अनुसार सुका ऐडी मकै लगाउने क्रममा आफ्नै खेत बाट करिब ५०० मिटर तल खोलामा खसेका थिए हुन ! गोरुको घटनास्थलमै मृत्यु भएको हो भने, गम्भीर घाइते भएका ऐडीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयले जनाएका हुन ! गाउँ घरमा आजभोली जताततै मकैको बाली लगाउने चटारो छ एक किसानले आफ्नो खेतिपाती गर्दा गर्दै ज्यान गुमाउनु परेको सबैका लागि हिर्दयबिधारक खबर हो ! मृतक प्रती हार्दिक श्रद्धाञ्जली आत्माले शान्ति पाओस् ।