काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिररहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठक मोबाइलको लाइट बालेर बैठकलाई निरन्तरता दिइएको छ ।
काठमाडौंमा हावाहुरी र पानी परिरहेको समयमा सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अबरुद्ध भएको छ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई निरन्तरता दिइएको छ ।
बैठकमा सहभागी एक सांसद्का अनुसार, करिब ५ मिनेटअघिदेखि विजुली अबरुद्ध हुँदा मोबाइलको बत्ती बालेर बैठकलाई निरन्तरता दिइएको छ ।
अहिले उपसमितिमा शिक्षा विधेयकबारे छलफल भइरहेको छ । शिक्षक आन्दोलनपछि सरकारले शिक्षा विधेयकलाई अघि बढाउन प्राथमिकता दिइरहेको छ ।