चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी गोबिन्द पुरीको संयोजकत्वमा चितवन जिल्लामा क्रियाशिल रहेका विभिन्न राजनैतिक दलका प्रमुखहरु एवं प्रतिनिधीहरुका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा जिल्लामा भएका शान्ती सु-व्यवस्थाका विषयमा अन्तरक्रिया हुनुको साथै थप शान्ती सु-व्यवस्था सुदृढ बनाउने, जिल्ला भित्र रहेका लागु औषधको समस्यालाई नियन्त्रण गर्ने सवारी दुर्घटना न्यूनिकरण, व्यवस्थापन गर्ने, विपद व्यवस्थापनमा थप क्रियाशिल हुने तथा समयमानै विपद उद्धारमा खटिई जनताको जिउधनको सुरक्षा गर्ने, जिल्ला भित्र संचालन हुने राजनैतिक कार्यक्रमहरुलाई व्यवस्थापन गर्ने, प्रहरीको सेवा प्रवाहलाई थप सुदृढ गर्ने तथा छिटोछरितो रुपमा सेवा प्रदान गर्ने सन्दर्भ छलफल हुनाको साथै छलफलको क्रममा उठान भएको गुनासाहरु चितवन प्रहरी प्रमुखबाट समयमै समाधान गर्ने भनि प्रतिबद्धता जनाउनु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।