१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

भारतकी चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार बेलुका काठमाडौंमा प्रस्तुति,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, जेठ ०४, २०८२

 

काठमाडौं । हायात मैदानमा आफ्नो प्रस्तुति दिएकी थिइन्। यस कार्यक्रमको मुख्य उद्देश्य शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग गर्न थियो।

नेपाली कलाकारहरूले पनि यस कार्यक्रममा भाग लिएका थिए।

चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार बेलुका काठमाडौंमा प्रस्तुति दिएकी छन् । बौद्धस्थित हायात मैदानमा उनले आफ्ना हिट गीतमा नृत्य प्रस्तुति दिइन् ।

‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा फतेहीको प्रस्तुति हेर्न हायातको चौरमा हजारौं दर्शक सहभागी रहे । ‘स्नेक’सहितका चर्चित बलिउड ट्रयाकमा नोराले कोरससहित प्रस्तुति दिएकी थिइन् ।

यो च्यारिटी कार्यक्रमको उद्देश्य शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना गरिएको हो ।

प्रस्तुतिको लागि शनिबार बिहान दुईबाट काठमाडौं आएकी नोरा आइतबार फिर्ने कार्यक्रम छ । वल्र्डवाइ फिल्म्सले नोराको टीमलाई नेपाल ल्याएको हो । कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले प्रस्तुति दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

error: Content is protected !!