१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नेपाल प्रहरीको १० जना डिआईजी पद रिक्त कर्णाली प्रदेश प्रहरीमा २ महिनादेखि प्रमुख विहिन

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, जेठ ०४, २०८२

 

काठमाडौं । नेपाल प्रहरी डिआईजीको दरबन्दी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय २ महिनादेखि प्रमुखविहिन भएको लामो समयसँग बित्तिसक्दा पनि बढुवा प्रक्रिया बढेको छैन । सरकारले बढुवामा ढिलाइ गर्दा प्रतिस्पर्धीहरु तिव्र दौडधुप र चलखेलमा लागेका छन् ।

१६ वैशाखमा सरकारले डिआईजीहरु चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीलाई एआईजीमा बढुवा गरेको थियो ।

यो लगत्तै नेपाल प्रहरीमा रिक्त १० जना डिआईजीमा बढुवाको प्रक्रिया अघि बढाउनुपर्ने थियो । तर यो प्रक्रिया अझै अघि बढेको छैन ।

किन भयो ढिलाइ ?
बढुवामा वरीयताक्रम, कार्यकुशलता, व्यावसायिक क्षमता आधारमा हेर्नुपर्ने हुन्छ । तर पछिल्लो समयमा प्रहरी बढुवामा हस्तक्षेप र तिव्र आर्थिक चलखेल भएको भन्दै आलोचना सुरु भएको छ ।

यही कारण बढुवा ढिलाइ भएको गृहमन्त्रालयकै एक उच्च अधिकारीको दाबी छ । बढुवामा ढिलाइ हुँदा ‘मोलमोलाई’ बढेको ती अधिकारीको दाबी छ । उनी भन्छन्, ‘त्यही सजिलो र सुविधाको लागि ढिलाइ गरिएको हो भन्न पनि सकिन्छ ।’

‘१० जना डिआईजीमा बढुवा रोकिनुपर्ने कुनै प्रक्रियागत कारण छैन,’ ती अधिकारीले भने, ‘गृहमन्त्रालय र बालुवाटारको सूचीको तालमेल र समन्वय समस्याले ढिलाइ भइरहेको जस्तो देखिन्छ ।’

‘तालमेल र समन्वय समस्या’ अर्थात् गृहमन्त्री रमेश लेखक र बालुवाटारवीच रुची बाझिएको कारण बढुवामा ढिलाइ भएको हो । स्रोतका अनुसार एक नम्बर डिआईजी कसलाई बनाउने भन्नेमा बालुवाटार र गृहमन्त्री लेखकबीच अझैं कुरा मिलेको छैन ।

१० जना डिआईजीका लागि दुई फरक पृष्ठभूमिका एसएसपीहरु प्रतिस्पर्धामा छन् । एकातिर नियमित प्रक्रियाबाट सेवा प्रवेश गरेका ‘११२ टोली’का अधिकृतहरू छन् भने अर्कातिर राअविबाट समायोजन भएर आएका अधिकारीहरू बढुवाको दौडमा छन् ।

राअविबाट समायोजन भएर आएकाहरु अहिलेको बढुवामा अघि आएपनि उनीहरुले प्रहरी संगठन हाँक्ने अवसर पाउँदैनन् । तर, ११२ को टोली अर्थात २०५६ सालमा सेवा प्रवेश गरेकाहरुमध्ये जो आफ्नो ब्याचबाट एक नम्बरमा बढुवा हुन्छ, उसको प्रहरी नेतृत्व बन्ने सम्भावना बढी हुनेछ ।

बढुवा ढिलाइको प्रमुख कारण दाबेदार एसएसपीहरुको चर्को ‘अस्वास्थ्य प्रतिस्पर्धा’ नै हो । एक नम्बरमा बढुवा हुने भोलीको सम्भावित प्रमुख हो । त्यसकारण पनि अहिले एसएसपीले चर्को दबाब बढाइएका छन् ।

एक एआईजीका भाषामा त्यसैले २०५६ को टोलीका एसएसपीहरु ‘ज्यान फालेर’ दौडिरहेका छन् ।

स्रोतका अनुसार एक नम्बर हुनलाई एसएसपीहरु विश्व अधिकारी, भुपेन्द्र खत्री, सानुराम भट्टराई र सोमेन्द्र सिंह राठौर चर्को दौडधुपमा छन् । पछिल्लो समयमा उनीहरुले धेरै नै दबाब बढाएको स्रोतको दाबी छ ।

उनीहरु ४ जना नै संगठनमा अब्बल र इमान्दार प्रहरी अधिकृत हुन् । अहिलेको बढुवामा जो एक नम्बरमा बढुवा हुन्छ, उक्त व्यक्ति नै ३४ औं प्रहरी प्रमुख बन्ने निश्नित छ । जसले गर्दा अहिले यो टोलीबाट एक नम्बरमा आउनको लागि चर्को दौडधुप गर्नपरेको हो ।

एसएसपीमा एक नम्बरका अधिकारी हाल काठमाडौं प्रहरी प्रमुख छन् । उनी संगठनमा अब्बल कमाण्डरको रुपमा परिचित छन् । जसले गर्दा उनलाई वर्तमान सरकारको नजरमा परेका अधिकृत हुन् । त्यसैले उनको सम्भावना बढी छ ।

यसैगरी दोस्रो नम्बरमा खत्री हाल भरतपुर तालिम केन्द्रका समादेशक हुन् । यसअघि काठमाडौं प्रहरी प्रमुखको सफल कमाण्ड गरेका उनी पनि अब्बल अधिकृतभित्र पर्छन् । रौतहट प्रहरी प्रमुख हुँदा अफताब आलमलाई पक्रेर जेल पुर्याएपछि उनको चौतर्फी प्रशंसा भएको थियो । तयसैले उनी संगठन प्रमुखको नजरमा परेका छन् ।

उनले काठमाडौं प्रहरी प्रमुख हुँदा काठमाडौंको शान्ति सुरक्षाको विषयमा राम्रोसँग काम गरेको हुनाले उनलाई सरकारले अगाडि ल्याउने प्रबल सम्भावना पनि रहेको छ ।

यसैगरी तेस्रो नम्बरका एसएसपी भट्टराईले उपत्यका अपराध अनुसन्धान कार्यालयको सफल कमाण्ड सम्हालेको अनुभव छ । उनले आफ्नो कार्यकालमा उपत्यकामा भएका ठूला अपराध अनुसन्धानमा सफलता हासिल गरेका छन् । उनको कार्यसम्पादन राम्रो भएकाले संगठन प्रमुखको मात्र नभएर राज्यको नजरमा समेत उनी परेका हुन् ।

त्यसैगरी अर्का प्रतिस्पर्धी रहेका एसएसपी राठौर पनि संगठनमा अब्बल र खरो स्वभावका अधिकृत हुन् । भीड नियन्त्रणदेखि कठिनाई परेको समयमा उनै राठौरको मद्दतमा टोली पुगेर घटना नियन्त्रणमा ल्याइन्थ्यो । त्यसैले पनि उनीसमेत संगठन प्रमुखको नजरमा परेका अधिकृत हुन् ।

त्यस्तै उनीहरुसँगै डिआईजी बढुवामा एक नम्बरमा आउन शेखर खनाल, अविनारायण काफ्ले, गंगा पन्तलगायत पनि लागिपरेका छन् । उनीहरु शक्तिकेन्द्र रिझाएर अघि बढ्न खोजेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

error: Content is protected !!