१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नेपाल प्रहरीको सहायक निरीक्षक कुन्जाङले सगरमाथाको आरोहण गरेकी छिन्,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ ०५, २०८२

 

काठमाडौं । शेर्पाले आरोहणको क्रममा नेपालको राष्ट्रिय झन्डा र लैंगिक हिंसा विरुद्धको नारा सहितको ब्यानर फहराएकी थिइन्।

प्रहरी महानिरीक्षक दिपक थापाबाट प्राप्त निर्देशन र शुभकामनासहित २८ चैतमा आरोहण दल काठमाडौंबाट प्रस्थान गरेको थियो।

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छिन् ।

आज सोमबार बिहान ८ः५६ बजे उनले विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी हुन् ।

आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराएकी थिइन् ।

प्रहरी महानिरीक्षक दिपक थापाबाट गत २५ चैतमा आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झन्डा हस्तान्तरण गरी असई शेर्पासहितको आरोहण दल २८ चैतमा काठमाडौंबाट प्रस्थान गरेको थियो ।

यस अघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २ जेठ २०८० मा सगरमाथा आरोहण गरेका थिए ।

नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्‍वास नेपाल प्रहरीले लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

error: Content is protected !!