१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

सांसद र डीएसपीको गाडी एक आपसमा ठोक्किए,४ सांसदहरु घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ ०५, २०८२

काठमाडौं । मोरङको कानेपोखरीमा कोशी प्रदेशसभा सदस्य र नेपाल प्रहरीका एक जना डीएसपीको गाडी आपसमा ठोक्किएका छन् । बीएई १४०६ र बा ५ च ३५२० नम्बरको गाडी आपसमा ठोक्किएका हुन् । यसमध्ये बा ५ च ३५२० नम्बरको गाडीमा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी सन्तोष खड्का सवार थिए ।

झापाबाट विराटनगर जाँदै गरेको प्रदेशसभा सदस्यहरू चढेको गाडी मोरङको कानेपोखरीमा अर्को गाडीसँग ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा परेका गाडीमा प्रदेशसभा सदस्यहरू नम्वरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

error: Content is protected !!