बारा । मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. डिआईजी उमा प्रसाद चतुर्वेदी निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय बाराको हिरासत कक्ष, कार्यालय भवन, विभिन्न शाखाहरुको निरीक्षण गर्नु भई बारा जिल्लाको सुरक्षा अवस्था लगायत यस कार्यालयको बिभिन्न शाखाबाट सम्पादित कार्यहरुको Data सहितको Power Point Presentation मार्फत यस कार्यालयको कार्यालय प्रमुख प्र.उ. सन्तोष तामाङबाट प्रस्तुतिकरण हुनुका साथै प्र.ना.म.नि.ज्यूबाट सक्कल दर्जाका प्रहरी कर्मचारीहरुलाई सम-सामयिक र व्यवसायी विषय-वस्तुमा अमूल्य निर्देशन पश्चात १४:३५ बजेको समयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा तर्फ प्रस्थान गर्नु भएको ।