२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सरकारले हटायो गणतन्त्र मनाउने समितिबाट काठमाडौंका मेयर बालेद शाहलाई

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ ०५, २०८२

काठमाडौं । गणतन्त्र दिवस मनाउने मूल समारोहन समितिको बैठकमा लगातार अनुसपस्थि भएपछि काठमाडौं महानगरपालिकामा मेयर बालेद शाह सो समितिबाट हटाइएका छन्।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमता बसेको गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन गठन गरिएको मुल समितिको बैठकमा बालेन अनुपस्थित रहेपछि उनलाई मूल समारोह समितिबाट हटाइएको हो।

यसअघि दुई वर्ष पनि बालेन मूल समारोहको बैठकमा अनुपस्थित रहेका थिए। आजको बैठकमा मेयर बालेनलाई नदेखेपछि बैठकमा सहभागी उपमेयर सुनिता डंगोललाई प्रधानमन्त्री ओलीले बालेनका विषयमा जिज्ञासा राखेका थिए। डंगोलले बालेन नआएको बताएपछि प्रधानमन्त्री ओलीले चासो राखेका थिए।

बालेन बैठकमा नआएको थाहा पाएपछि प्रधानमन्त्री ओलीले गणतन्त्रप्रति आस्था नै छैन भने समितिमा राख्नुको अर्थ नहुने भन्दै उनलाई समितिबाट हटाइएको स्रोतले जनाएको छ।

‘उहाँलाई (बालेन) गणतन्त्रप्रति आस्था र रुची भएको जस्तो देखिएन, यसअघिका बैठकमा पनि सहभागी भएको देखिएन,’ बैठकमा प्रधाानमन्त्रीले भनेका थिए, ‘बेला बेलामा उहाँका अभिव्यक्तिले पनि गणतन्त्रप्रति उहाँ आस्थावान देखिनु हुन्न। त्यसो भएपछि गणतन्त्र दिवस मनाउन गठन गरिएको समितिमा उहाँलाई राख्नुको के अर्थ हुन्छ?’

बालेनलाई गणतन्त्रप्रति आस्था नभएको भन्दै बेला बेलामा आलोचना हुने गर्दछ। विशेष गरी सरकार र राजनीतिक दलका नेताप्रति आक्रामक देखिने बालेन कतै गणतन्त्र विरोधी त होइनन् भन्ने प्रश्नसमेत उठ्ने गरेका छन्।

तर फागुन १५ गते राजावादीहरुले राजधानीका तीनकुने क्षेत्रमा गरेको कार्यक्रममा क्रममा फोहोर गरेको र केही भौतिक संरचनामा क्षति पुगेको भन्दै बालेनको निर्देशनका काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख बढी जरिवाना ताकेर निर्मल निवासमा पत्र पठाएका थिए।

उनको सो कदमको चौतर्फी विरोध पनि भएको थियो। बालेनको सो कदमलाई कतिपयले गणतन्त्र विरोधीको आफूमाथि लागेको ट्याग हटाउने कदम भन्दै टिप्पणी गरेका थिए।

तर सोमबार प्रधानमन्त्री ओलीले बालेनको गणतन्त्रप्रतिको आस्थामा प्रश्न उठाउँदै गणतन्त्र दिवस मनाउने गठन गरिएको मूल समारोह समितिबाट हटाएपछि यो विषयले पुनः चर्चा पाएको छ।

त्यसो त प्रधानमन्त्री ओली र मेयर बालेनबीच सामाजिक संजालमा आरोप प्रत्यारोपको श्रूंखला लामो समयदेखि चल्दै आएको छ। बालेन ओलीका कटु आलोचक मानिन्छन् भने ओलीले मौका मिल्नासाथ बालेनमाथि कटाक्ष गर्न पछि पर्दैनन्।

गणतन्त्र दिवस मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्रांकित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहन्छन्।

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ-संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ।

यस्तै विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ। जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आह्वान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]