२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि सोमबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, जेठ ०६, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएपनि अन्तिममा उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि उक्त कार्यक्रम रोकिएको संघीय सचिवालय जनाएको छ।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ।

प्रधानमन्त्रीको सचिवालयले सामान्य रुघाखोकी लागेकाले ओली आराम गरिरहेको जनाएको छ। सोमबार दिउँसो विदेशी पाहुनासँग भेटघाट गरेपनि साँझबाट असहज महशुस गरेका हुन्।

प्रधानमन्त्री अस्वस्थ भएपछि सोमबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद बैठक समेत स्थगित भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!